FAQs Complain Problems

सामाजिक सुरक्षाका लाभग्राहीहरुको भत्ता कार्ड नविकरण गर्ने बारे

 सामाजिक सुरक्षा कार्ड नविकरण गर्ने वडाका स्थानहरु
समय तालिका

सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत हाल सम्म भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक अन्य¸ जेष्ठ नागरिक दलित¸ एकल महिला¸बिधवा¸अपाङ्गता र पोषण भत्ताको लागि दलित बालबालिकाहरुको समेत दमक नगरपालिका कार्यालयबाट २०७३ साल असोज १ र २ गतेका दिन बिहान ७ बजे देखि निम्नानुसारका वडाका स्थानहरुमा भत्ता कार्ड नबिकरण गरिने भएको हुंदा सामाजिक सुरक्षा भत्ता परिचय पत्र(भत्ता कार्ड) र नागरिकता समेत लिएर लाभग्राहि स्वयम उपस्थित हुन सम्वनधित सबैलाई यो सुचना प्रकाशित गरिएको छ ।

क्र.सं वडा नं. स्थान
१ दमक -१ दमक नगरपालिका कार्यालय
२ दमक -२ हि.मा.उ.वि. दमक २
३ दमक -३ सरस्वती नि.मा.वि.
४ दमक -४ सामुदायिक भवन दमक ४
५ दमक -५ चुलाचुली नि.मा.वि. दमक ५
६ दमक -६ ढुकुरपानी उ.मा.वि. दमक ६
७ दमक -७ जनज्योति नि.मा.वि. दमक ७
८ दमक -८ कृष्ण नि.मा.वि. दमक ८
९ दमक -९ वडा समितिको कार्यालय दमक ९
१० दमक -१० दिपिनि नि.मा.वि. दमक १०
११ दमक -११ दमक नगरपालिका कार्यालय
१२ दमक -१२ पृथ्वी नि.मा.वि. दमक १२
१३ दमक -१३ वडा समितिको कार्यालय दमक १३
१४ दमक -१४ सरस्वति उ.मा.वि. दमक १४
१५ दमक -१५ पाणिनि मा.वि. दमक १५
१६ दमक -१६ दुर्गा मन्दिर दमक १६
१७ दमक -१७ पशुपति नि.मा.वि. दमक १७
१८ दमक -१८ जनता प्रा.वि. दमक १८
१९ दमक -१९ राधाकृष्ण मन्दिर दमक १९