नेपालको सूदुर पूर्वको पश्चिमोत्तर क्षेत्रमा अवस्थित पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको झापा जिल्लामा पर्ने दमकको उत्तर तर्फ ईलाम जिल्लाको चुलाचुली गाउँपालिका दक्षिण तर्फ गौरादह नगरपालिका, पश्चिम तर्फ मोरङ जिल्लाको मधुमल्ला गाउँपालिका र उर्लावारी नगरपालिका, र पूर्व तर्फ चुलाचुली गाउँपालिका र कमल गाउँपालिका रहेका छन । यस दमक नगरपालिको कुल क्षेत्रफल ७५.८५ बर्ग कि.मि रहेको छ।
बिभिन्न जनजातिहरुको बसोवास रहेको यस नगरीमा खास गरी बाहुन, क्षेत्री, धिमाल, लिम्वु, राई, मगर, सतार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी आदिको वाहुल्यता पाईन्छ ।
बि.सं. २०३९ सालमा तत्कालिन नगर पंचायतका नाउँमा स्थापित यो नगरपालिकाको क्षेत्रफल ७५१३ हेक्टर रहेको छ । यस नगरपालिकामा साविक का १९ वटा वडाहरु नेपाल सरकारद्वारा मिति २०७३-११-२७ गते गरिएको पुनःसंरचना अनुसार हाल १० वटा वडामा कायम रहि दमक नगरपालिका, नगरकार्यपालिकाको कार्यालय भएको छ । बिगत बर्ष देखि दमक नगरपालिकामा बुधवार हाटवजार लाग्ने चलन हालसम्म पनि यथावत रहेको छ ।
PLAY STATION AND CARPET INSTALLATION AT BAL BIKASH KENDRA, DAMAK
Construction of Culvert on Dipini Holi (North East of Jestha Nagarik Kendra), Damak 5
Construction of Asphalt Pavement on...