दमक नगरपालिका क्षेत्रभित्र रहनुभएका दीर्घरोगीहरुले नियमित रुपमा सेवन गर्ने औषधीको उपलब्धता सहज नहुन सक्ने भएकोले दमक अस्पताल (सरकारी) मा आवश्यक मौज्दात राखी बीमा तथा विक्रीमार्फत वितरण गर्ने प्रयोजनका लागि विवरण संकलनार्थ यो फारम तयार गरिएको छ ।
उपर्यूक्त विषयमा २०७६ साल चैत्र मसान्त सम्म कोरोना भाइरस नियन्त्रण तथा रोकथामका सिलसिलामा प्रभावित ब्यक्तिलाइ राहत उपलब्ध गराएको सम्बन्धी देहाय अनुसारको विवरण २०७७ बैशाख ६ गते भित्र उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ ।