FAQs Complain Problems

२०७२ चैत्र मसान्त सम्मका लागि सरसफाई शुल्क तोकिएको सम्बन्धमा

दमक नगरपालिकाको शहरी क्षेत्रवाट दैनिक उत्पादन हुने फोहोरमैला सङकलन तथा व्यवस्थापनको कार्य सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार मिति २०७२।०१।०१ देखि पाथवे नेपाल प्रा.ली.जे.भि.ले जिम्मेवारी लिई व्यवस्थापन गरि आएको । मिति २०७२।०३।२४ मा स्थानीय राजनैतिक दलका प्रतिनिधि, दमक उद्दोग वाणिज्य सङघका प्रतिनिधि,बस्तुगत सङघका प्रतिनिधि,घरवेटी सङघका प्रतिनिधि र घरवहाल सङघका प्रतिनिधि समेतको उपस्थितीमा भएको छलफलले सरसफाई क्षेत्रमा सरसफाई गरे वापत आगामी २०७२ चैत्र मसान्त सम्मका लागि देहाय वमोजिमको सरसफाई शुल्क तोक्ने निर्णय भएको हुदा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना गरिएको छ ।