FAQs Complain Problems

भवन निर्माण संहिता तथा मापदन्ड कार्यान्वयन

दमक नगरपालिका द्वारा कार्यान्वयन गरिएको

“राष्ट्रिय भवन निर्माण संहिता २०६०” र “भवन तथा योजना मापदण्ड २०६९”

पृष्टभूमिः नेपाल भूकम्पीय जोखिमको हिसावले अत्यन्त संवेदनशिल क्षेत्रमा पर्दछ । भारतिय उपमहादिप युरोशियन महादीपमा (इन्डियन प्लेट टिवेटियन प्लेटमा ) घुस्ने क्रमले उत्पन्न घ्रर्षणका कारण बिभिन्न समयमा नेपालमा भूकम्प गएको छ । भूकम्पीय जोखिमको हिसावले बिश्वमै ११ औं स्थानमा रहेको नेपालको इतिहासमा प्रत्येक ८० देखी  १०० बर्षको अन्तरालमा एक महाभूकम्प आउने गरेको तथ्य प्रमाणित भएको छ। पकृतिक प्रकोपहरु मध्ये अत्यन्तै त्रासदी पूर्ण एवम बिनासकारी मानिएको ûभूकम्पü सम्बन्धि समाजमा रहेका सबै व्यक्तिहरुले अधिकतम जानकारी (सचेतना) लिई पूर्व तयारीमा लाग्नु नै यसबाट बच्ने सबै भन्दा उत्तम उपाय हो । अन्य पकृतिक प्कोपहरु बाट भागेर (ठाउँ छाडेर) पनि बच्न सकिन्छ भने भूकम्प कहिले, कसरी र कत्रो आउछ भन्ने थाहा नै नदिई आउने हुदां भागेर (ठाउँ छाडेर) पनि बच्न  हामीलाई सम्भब छैन । विज्ञानले समेत हाल सम्म भूकम्प आउने पूर्वानुमान गर्न नसकेको भूकम्प आफैले मान्छे मार्दैन तर हामीले नै बनाएका कमजोर संरचनाहरु भत्कदा मान्छे मारिन्छन र ठूलो जनधनको क्षति हुन जान्छ ।

त्यसैले बिगतमा गएको भूकम्पको कारण भएको ठूलो जनधनको क्षति बाट पाट सिक्दै र जुनसुकै बेला आउन सक्ने भूकम्पीय प्कोपबाट बच्न तत्कालिन सरकारले बि.सं.२०६० सालमा ûनेपाल राष्ट्रिय भवन निर्माण संहिताü स्वीकृत गरी ऐनको रुपमा जारी गरेको छ ।

दमक नगरपालिकाले पनि यी सबै कुराहरु लाई मध्यनजर गर्दै बि.सं.२०६९ साल श्रावण १ गते देखी û राष्ट्रिय भवन निर्माण संहिता २०६० ü र परिमार्जित û भवन तथा योजना मापदण्डÒ२०६९ üकार्यान्वयनमा ल्याएको छ ।

ûभवन निर्माण संहिताü बिशुद्ध पविधिक सुत्रबद्ध ऐन हो । जसको उद्धेश्य नेपालका सबै क्षेत्रमा सुरक्षित घर भवन निर्माण गरी मानविय क्षति न्यूनिकरण गर्ने र सुरक्षित समाजको स्थापना गर्ने नै हो । वास्तवमा भूकम्प प्रतिरोधी सुरक्षित घर भवन निर्माण गर्नु गराउनु भनेको भूकम्पीय क्षतिबाट बच्ने सबै भन्दा भरपर्दो र दीर्घकालिन उत्तम उपाय हो । यसलाई ûभवन ऐन २०५५ ü र भवन नियमावलि ले गाईड गर्दै सबै स्थानीय निकायहरु (गा.वि.स. न.पा. उपमहा न.पा. र महा नगरपालिका)मा नक्सा पास प्कृयामा नै  समावेश गरी अनिवार्य गर्दै लगिएको छ । भवन निर्माण संहिता बमोजिम भूकम्प प्रतिरोधी सुरक्षित घर भवन निर्माण गर्ने क्रममा नगरलाई स्वच्छ ,सफा र सुन्दर पनि बनाउनु पर्ने भएकोले यसलाई ûभवन तथा योजना मापदण्ड Ò २०६९” ले गाइड गरेका छ वा निदृष्टि गरेको छ ।

अतः भूकम्प सगै जोडिएर आएको भवन संहिता र भवन संहिता सगै सहयोगी कानूनको रुपमा आएका भवन ऐन ,भवन नियमावलि र भवन तथा योजना मापदण्ड Ò२०६९ ले निदृष्ट गरेको सबै बुदाहरु पालना गरी नेपालका जुनसुकै ठाउंमा भूकम्प प्रतिरोधी सुरक्षित घर भवन निर्माण गरौं । यस सम्बन्धी अधिकतम जानकारी लिऔं र आफुले जाने बुझेका कुराहरु अरुलाई पनि सिकाऔं । आफनो टोल, नगर हुदै सिंगो मुलुकलाई नै भूकम्पीय जोखिमबाट बचाऔं ।

दमक नगरपालिका कार्यालय

दमक , झापा