सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ (३) बमोजिमको प्रकाशन गर्नु पर्ने सूचना

१. स्वरुप र प्रकृति

 

क. स्थानीय नेतृत्वको विकास गरी जनताको दैनिक आवश्यकता जनजीवनलाई असर पार्ने बिषयहरुमा निर्णय गर्न सक्ने गरी स्थानीय स्वायत्त शासन पद्धतिको विकासको लागि स्थानीय निकायहरुको गठन हुने प्रावधान अनुसार स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार स्थानीय निकायको रुपमा नगरपालिकाको व्यवस्था भएको हो ।

ख. स्थानीय निकायका रुपमा नगरपालिकाले विकेन्द्रीकरणको माध्यमद्धारा सार्वभौमसत्ता सम्पन्न जनतालाइ शासनमा अधिकाधिक मात्रामा सम्मिलित हुने अवसर जुटाई प्रजातन्त्रका लाभहरुको उपभोग गर्नसक्ने व्यवस्था गर्ने, आप्नो क्षेत्रको विकासको लागि साधनको परिचालन, विनियोजन र विकासको प्रतिफलको सन्तुलित तथा समान वितरणमा सामाजिक समानता ल्याउने कार्यमा जनजाति, आदिवासी, दलित र सामाजिक तथा आर्थिक दृष्टिकोणले पिछडिएका वर्ग समेतका समग्र जनताको सहभागितामा अभिबृद्धि गर्देै विकास प्रक्रियालाई संस्थागत गर्ने, योजनाहरुको तर्जुमा र संचालन गर्न आवश्यक जिम्मेवारी र अधिकार स्थानीय स्तरमा नै प्रदान गरी  जवाफदेहि वहन गर्नसक्ने स्थानीय निकायहरुको संस्थागत विकास गर्ने कार्यलाई अगाडि बढाउछ ।

ग. नेपाल सरकारले नेपालको तराई क्षेत्रको हकमा कम्तीमा २० हजार जनसंख्या भएको, बिजुली, खानेपानि र संचारको व्यवस्था भएको कुनै क्षेत्रलाई चार किल्ला खोली नगर क्षेत्र तोक्न सक्ने प्रावधान अनुसार नै नेपालका १९१ नगरपालिका मध्ये तराई क्षेत्रको नगरपालिकाको रुपमा दमक नगरपालिकाको बि.स. २०३९ सालमा घोषणा भएको हो ।  

 

स्थानीय स्वायत्त शासनका सिद्धान्त तथा नीतिहरू

 

1. स्थानीय स्वायत्त शासनमा स्थानीय निकायहरूलाई सक्षम र प्रभावकारी नाउन आवश्यक पर्ने अधिकार, जिम्मेवारी र स्रोत साधन निक्षेपण गर्ने ।

2.स्थानीय निकायमा स्थानीय जनताको लागि सोच्ने र जवाफदेही बहन गर्न सक्ने संस्थागत संयन्त्र र कार्यगत संरचनाको निर्माण गरी विकास गर्ने ।

3.स्थानीय निकायहरूलाई सुम्पिएका काम, कर्तव्य र जिम्मेवारीहरू र जवाफदेही बहन गर्नका लागि आवश्यक पर्ने स्रोत साधनहरू संकलन र परिचालन गर्ने अधिकार सुम्पने ।

4.स्थानीय निकायहरूलाइए निक्षेपित कार्य गदा्र प्रजातान्त्रिक प्रक्रिया, पारदर्शी व्यवहार, जनउत्तरदायित्व र जनताको सहभागितामा आधारित नागरिक समाजको स्थापना गर्नेतर्फ उन्मुख गराउने ।

5.स्थानीय नेतृत्वको विकास गर्नको निम्ति स्थानीय निकायलाई आप्नो क्षेत्रमा जनताप्रति उत्तरदायी बनाउन प्रभावकारी संयन्त्रको व्यवस्था गर्ने ।

6.दिगो विकासको लागि आधारित सेवा प्रदान गर्ने कार्यमा स्थानीय स्वायत्त शासनमा निजी क्षेत्रलाई सहभागी हुन प्रोत्साहित गर्ने ।

 

नगरपालिकाको छोटो परिचय

नेपालको सूदुर पूर्वको पश्चिमोत्तर क्षेत्रमा अवस्थित पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको झापा जिल्लामा पर्ने दमकको उत्तर तर्फ ईलाम जिल्लाको बाँझो गा.वि.स. र चुलाचुली गा.वि.स., दक्षिण तर्फ कोहवरा गा.वि.स., पश्चिम तर्फ मोरङ जिल्लाको मधुमल्ला गा.वि.स., उर्लावारी गा.वि.स. र पूर्व तर्फ लखनपुर गा.वि.स.हरु रहेका छन ।

बिभिन्न जनजातिहरुको बसोवास रहेको यस नगरीमा खास गरी बाहुन, क्षेत्री, धिमाल, लिम्वु, राई, मगर, सतार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी आदिको वाहुल्यता पाईन्छ ।

बि.सं. २०३९ सालमा तत्कालिन नगर पंचायतका नाउँमा स्थापित यो नगरपालिकाको क्षेत्रफल ७५१३ हेक्टर रहेको छ । यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन । बिगत बर्ष देखि दमक नगरपालिकामा बुधवार हाटवजार लाग्ने चलन हालसम्म पनि यथावत रहेको छ ।

नगरपालिकाको संगठनात्मक स्वरूप

दमक नगरपालिकामा कार्यरत कर्मचारी 

दमक नगरपालिकामा रहेका कर्मचारीको कार्य विवरण

प्रगति विवरण

निकायबाट प्रदान गरिने सेवा, सो प्रदान गर्ने शाखा, सोको जिम्मेवार कर्मचारी, सो वापतको दस्तुर तथा अवधि

स्थानीय स्वायत्त शासन ऐन २०५५ र तत्सम्बन्धी नियमावली २०५६ मा व्यवस्था भए बमोजिम । नगरपालिकाबाट उपलब्ध गराईने सेवा, सेवा प्रदान गर्ने शाखा, सोको जिम्मेवार कर्मचारी, सो वापतको दस्तुर तथा सम्पादन गर्न लाग्ने अवधि सम्बन्धी विवरण नागरिक वडापत्रमा उल्लेख भएको छ वा तलक लिंक क्लिक गर्नु होला।

दमक नगरपालिकाबाट प्रदान गरिने सेवा, दस्तुर र अवधि

निर्णय उपर उजुरी सु्न्ने अधिकारीः ई. तिर्थ नारायण श्रेष्ठ

सम्पादन गरेको कामको विवरणः समीक्षा बैठक, वार्षिक कार्यक्रमहरूमा प्रस्तुत तथा प्रकाशन गर्ने गरेको । पत्रकार तथा अन्य सरोकारवाला निकाय र व्यक्तिले मागेको वेला उपलब्ध गराउने गरेको ।

 

कार्यालय प्रमुखको नाम र पद         :    यूवराज दहाल (कार्यकारी अधिकृत)

गुनासो सुन्ने अधिकारी                    ः     तिर्थ नारायण श्रेष्ठ

सूचना अधिकारीको नाम र पद       :    समीप चुडाल