FAQs Complain Problems

स्थायी पदपुर्ति गरीने सम्बन्धि दरखास्त आव्हान गरिएको सार्वजनिक सूचना

दमक नगरपालिकाको खुल्ला र समावेशी प्रतियोगितात्मक परिक्षा द्वारा स्थायी पदपुर्ति गरीने सम्बन्धि दरखास्त आव्हान गरिएको सार्वजनिक

यस दमक नगरपालिका पदपूर्ति समितिको मिति २०७२।४।२९गते बसेको बैठकको निर्णय अनुसार स्थानीय स्वायत्त शासन नियमावली २०५६,भाग ५को परिच्छेद १को नियम २१३ र २१३-खं अनुसार देहायका रिक्त पदहरूमा खुल्ला तथा समावेशी प्रतियोगितात्मक परिक्षा द्धारा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यहि मिति २०७२।५।१ गते देखी २०७२।५।३०गते भित्र तथा दोव्वर दस्तुर बुझाई मिति २०७२।६।६ गते सम्म दरखास्त पेश गर्न सकिने हुदा सम्बन्धित सवैको जानकारी लागि यो सूचना प्रकाशित गरीएको छ .

दरखास्त फारामको लागि दमक नगरपालिका कार्यालयमा कार्यालय समय भित्र कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्नु हुन समेत जानकारी गराईन्छ .