FAQs Complain Problems

२१औं नगरपरिषदको बैठकको निर्णयहरू

    
                                                    २१औं नगरपरिषदको बैठकको निर्णयहरू

बैठक मिति  २०७२ पौष ३० गते ।

निर्णय नं. १    

    चालु आर्थिक बर्ष २०७१/०७२ को बिभिन्न शीर्षक अन्तर्गत २०७१ साल मंसीर मसान्तसम्मको यथार्थ आम्दानी रू.३,५९,७३,३४०/- अक्षेरेपी तीन करोड उन्साठी लाख तिरहत्तर हजार तीन सय चालिस मात्र, बिभिन्न शिर्षक अन्तर्गत २०७१ साल मंसीर मसान्तसम्मको यथार्थ खर्च रू.३,२४,१७,६७६/७१ अक्षेरेपी तीन करोड चौविस लाख सत्र हजार छ सय छयहत्तर र पैसा एकहत्तर मात्रको जानकारी भई उल्लेखित आम्दानी खर्च अनुमोदन गर्ने र आ.व.२०७१/०७२ को बिभिन्न शीर्षकको आम्दानी रू.१८,७०,७५,१८१/- लाई संशोधन गरी रू.१९,४३,०९,०६५/- र खर्च तर्फ रू.१८,७०,७५,१८१/- लाई संशोधन गरी रू.१९,४३,०९,०६५/- कायम गर्ने निर्णय गरियो ।

निर्णय नं. २

    आगामी आ.व. २०७२/०७३ का लागि योजना तथा कार्यक्रमहरू छनौटका लागि नगरपरिषदमा पेश गर्न बसेको एकीकृत योजना तर्जुमा समिति र सर्वदलीय बैठकको सिफारिस समेतलाई आधार मानी आ.व. २०७२/०७३ को लागि बिभिन्न शिर्षक अन्तर्गतको अनुमानित आम्दानी रू.२८,६२,०२,१००/- र बिभिन्न शिर्षक अन्तर्गत अनुमानित खर्च रू.२८,६२,०२,१००/- अठ्ठाईस करोड बैसठ्ठी लाख दुई हजार एक सय रूपैयाको अनुमानित बजेट नीति तथा कार्यक्रम आजको नगरपरिषद बैठकवाट पारित गर्ने निर्णय गरियो ।

निर्णय नं. ३
    दमक नगरपालिकाको गत आ.व. २०७१/०७२ को अन्तिम लेखापरिक्षणका लागि लेखापरिक्षकको छनौट गर्न गराउन र निजको पारिश्रमिक तोक्न नगरपालिका वोर्ड बैठकलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४
    दमक नगरपालिकामा पेश भएका आ.व. २०६९/०७० को अन्तिम लेखापरिक्षणको प्रतिवेदन यस नगरपरिषद बैठकमा छलफल भयो । लेखापरिक्षक श्री राम प्रसाद ढकालले दिएको उक्त प्रतिवेदन अनुसार प्राप्त सुझावहरू कार्यान्वयन गर्न कार्यकारी अधिकृतलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ५
    दमक नगरपालिकाको हाल सम्मको पेश्की बाँकी र बेरूजु बक्यौतालाई फस्र्यौट गर्नु पर्ने वा अशुल गर्नु पर्ने छुट्टयाई पेश्की फस्र्यौट गर्न सकिने किसिमका पेश्कीहरूलाई फस्र्यौट समेत गर्न नगर परिषदको अधिकार नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ६
यस दमक नगरपालिकामा हाल भैरहेको लेखा प्रणालीलाई समयानुकुल बनाउन प्रोदभावी लेखा प्रणाली अवलम्वन गरी लागु गर्ने निर्णय गरियो ।

निर्णय नं. ७
    यस नगरपालिकाको आ.व. २०७२/०७३ को बार्षिक बजेट नीति तथा कार्यक्रममा नेपाल सरकारले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रम अनुसार यस नगरपालिकालाई प्राप्त हुने बजेट र कार्यक्रममा हेरफेर हुने भएमा यस नगरपालिकाको बजेट तथा कार्यक्रमलाई आवश्यक संशोधन गर्न सक्ने अधिकार नगरपालिका वोर्डलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ८
    नगरपालिका बिभिन्न बैठक, सर्वदलीय बैठक र अन्य सबै किसिमका बिविध बैठकमा उपस्थित हुने पदाधिकारीहरूलाई बैठक भत्ता  रू.५००/- उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. ९
    २०७१ श्रावण १ गते देखि २०७१ मंसीर मसान्तसम्म मसान्तसम्म भएको आय, व्यय अनुमोदन गर्दै २०७१ पौष २९ गते सम्म यस नगरपालिकाको बोर्ड बैठक, नगरपालिकावाट गठित बिभिन्न समिति, उपसमितिबाट भएका सम्पूर्ण निर्णयहरू यस नगरपरिषदको बैठकमा जानकारी भयो । उक्त निर्णयहरू आजको बैठकवाट अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं. १०
    यस नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई आ.व. २०७१/०७२ मा कर्मचारीहरू समेतलाई उपलब्ध गराउदै आए बमोजिमको भत्ता सुविधा सोही बमोजिम उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. ११
    स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को अनुसूचि ८१ ले स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीहरूले जिल्ला बाहिर भ्रमण गर्दा पाउने दैनिक भ्रमण भत्ताको दर तोकी जिल्ला भित्र भ्रमण गर्दाको हकमा उक्त रकमको ३/४ मा नबढ्ने गरी परिषदले स्वीकृत गरेको दरमा उपलब्ध गराउने भन्ने व्यवस्था गरेको हुँदा यस नगरपालिकाले पनि जिल्ला भित्र दैनिक भ्रमण भत्ता पाउने गरी भ्रमणमा जाने पदाधिकारी तथा कर्मचारीहरूलाई तोकिएको दरको ३/४ ले हुने रकम उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. १२
    यस नगरपालिकाको अनुसूची १ र अनुसूची २ बमोजिमको कर्मचारी दरवन्दी बिवरण र नगरपालिकाको संगठन संरचना स्वीकृत गर्ने निर्णय गरियो ।

निर्णय नं. १३
        यस नगरपालिकाको लागत सहभागितामा संचालन हुने निम्न कार्यक्रम/योजनाहरूलाई निम्नानुसार स्वीकृत गर्ने निर्णय गरियो ।

(क)    संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जगेडाकोषको लागत सहभागितामा निम्नानुसारका योजनाहरू संचालन गर्ने निर्णय गरियो ।
तपशिल
१.    सडक कालोपत्र - खरखरे जहदा दमक ९ क्रमागत                     रू.५० लाख ।
२.    सडक कालोपत्र - हाईवे सेतुमारी सडक निर्माण क्रमागत                रू.५० लाख ।
३.    पार्क निर्माण - पशुहाट पश्चिम दमक १२, रजत पार्क                    रू.५० लाख ।
४.    सुरूङ मार्ग - बसपार्क दक्ष्क्षिण राजमार्गमा                        रू.५० लाख ।
५.    सडक कालोपत्र - दुर्गामन्दिरदेखि सतासी मार्ग, दमक १                रू.५० लाख ।
६.    ढल निर्माण - हवल्दार चौक उत्तर पेल्टीमारी जाने सडक, दमक १            रू.५० लाख ।
७.    सडक कालोपत्र - मंगलदीप मार्केट देखि यलम्वर चौक खण्ड, दमक १०            रू.५० लाख ।

(ख)    सडकवोर्ड नेपालको लागत सहभागितामा निम्नानुसारका योजनाहरू संचालन गर्ने निर्णय गरियो ।

तपशिल
१.    सडक कालोपत्र मर्मत - नगरपालिका रोड, दमक ११/१२                 रू.५ लाख ।
२.    सडक कालोपत्र मर्मत - शान्ती मार्ग थाना लाईन दमक ११                रू.७ लाख ।
३.    सडक कालोपत्र मर्मत - गजुरमुखी टोल, दमक १२                    रू.५ लाख ।
४.    सडक कालोपत्र मर्मत - पशुपति मार्ग र लिङदेन मार्ग, दमक ११            रू.७ लाख ।
५.    सडक कालोपत्र मर्मत - बेलडागी सडक, दमक १०/११                रू.५ लाख ।
६.    सडक कालोपत्र मर्मत - बुद्ध मार्ग, दमक १४                        रू.७ लाख ।
७.    सडक कालोपत्र मर्मत - शहीद मार्ग दमक १३ बाँकी खण्ड                रू.७ लाख ।
८.    सडक कालोपत्र मर्मत - हाईवे सेतुमारी सडक, दमक १३/१४                रू.७ लाख ।
९.    सडक कालोपत्र मर्मत - ट्रापिक मार्ग, दमक १०                    रू.८ लाख ।
१०.    सडक कालोपत्र मर्मत - ढुकुरपानी हिमावी सडक, दमक २/४/६            रू.५ लाख ।
११.    सडक कालोपत्र मर्मत - गोरखाली टोल दमक १०                    रू.७ लाख ।
१२.    सडक कालोपत्र मर्मत - खरखरे आम्दा दमक १०/२                    रू.८.७५ लाख ।

(ग)    नगर विकास कोषको ण/अनुदानमा निम्नानुसारका योजनाहरू संचालन गर्ने निर्णय गरियो ।

तपशिल
१.    ढल र सडक कालोपत्र - महावीर मिल हुदै सुर्योदय स्कुल जाने सडक, दमक ११        रू.६० लाख ।
२.    ढल निर्माण - सतासी मार्ग, दमक १                        रू.६० लाख । 
३.    सडक कालोपत्र - किराँतचौक पूर्व दक्ष्क्षिण बिकास मार्ग जाने सडक, दमक १३        रू.६० लाख ।
४.    ढल निर्माण - ईन्द्र बुढाथोकीको घरदेखि धनेश्वर चौक खण्ड, दमक १०            रू.६० लाख ।
५.    सडक कालोपत्र - नगरपालिका चौक देखि दुरसंचार हुदै जाने सडक, दमक १/१२    रू.६० लाख ।

निर्णय नं. १४
    यस नगरपालिकालाई परेका मुद्दाहरूको लागि कानूनी सल्लाहकार नियुक्ती गर्न र पारिश्रमिक तोक्ने अधिकार नगरपालिका बोर्डलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. १५
    महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई राष्ट्रिय खोप कार्यक्रममा खटिएको दिनको पारीश्रमिक स्वरूप दैनिक रू.५००/- र जनस्वास्थ्यवाट संचालित कार्यक्रममा खटिएको दिनको पारिश्रमिक वापत थप रू.५०/- दैनिक उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. १६
    दमक नगरपालिकामा करार सेवामा कार्यरत निम्न कर्मचारीहरूको अर्को व्यवस्था भएमा वाहेक २०७२ आषाढ मसान्तसम्मको करार अवधि थप गर्ने र पूर्वेली सेक्युरिटीज प्रा.लि.वाट नियुक्ती गरिएका नगर प्रहरी तर्फका कर्मचारीहरूको काम सन्तोषजनक देखिएको हुदा सेवा करारको म्याद २०७२ आषाढ मसान्तसम्म नविकरण गर्ने निर्णय गरियो ।
    १)    समुदाय परिचालक श्री बिष्णु पौडेल
    २)    समुदाय परिचालक श्री निर्मला गुराँगाई
    ३)    समुदाय परिचालक श्री चन्द्रकला निरौला
    ४)    समुदाय परिचालक श्री सावित्रा पौडेल
    ५)    समुदाय परिचालक श्री हिरामाया पोख्रेल
    ६)    खरिदार श्री हिमालय सिग्देल
    ७)    कार्यालय सहयोगी श्री महेन्द्र प्रसाद भट्टराई
    ८)    सवारी चालक श्री धन कुमार योङ्गया
    ९    सवारी चालक श्री श्याम पौडेल
    १०)    सवारी चालक श्री वीरमान तामाङ्ग
    ११)    कार्यालय सहयोगी श्री जीवन कोईराला
    १२)    सव-ओभरसियर श्री पारस गौतम
    १३)    सव-ओभरसियर श्री ओम प्रकाश राई
    १४)    अमिन श्री ज्ञानेन्द्र गौतम
    १५)    सवारी चालक श्री रोशन तामाङ्ग
    १६)    व्याकोलोडर अप्रेटर श्री शिवजी धिमाल
    १७)    अन्य कर्मचारीहरूको हकमा करार सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ।

निर्णय नं. १७
    यस नगरपालिका कार्यालयको पदपूर्ति समितिको मिति २०७१/०९/२९ गतेको निर्णय सिफारिसवाट बढुवा भएका कर्मचारीहरू सहायक स्तर पाँचौ तहका श्री अनन्त प्रसाद सेनेहाङ अधिकृत स्तर छैठौ तह - ईन्जिनियर पदमा स्वीकृत मौजुदा संगठन संरचना बमोजिमका पदस्थापन गरिएका पदमा अनुमोदन गर्ने र समायोजन गर्ने र हाल समुदाय परिचालक पदमा कार्यरत श्री बिष्णु पौडेल र खरिदार हिमालय सिग्देललाई नगरपालिकाको रिक्त रहेको कम्प्यूटर अप्रेटर पदमा कार्यरत रहने गरी कामकाज गर्न लगाउने निर्णय गरियो ।

निर्णय नं. १८
    नगरपालिकाद्धारा प्रदान गरिने सेवाहरूको बिविधिकरण, सेवाग्राहीको संख्यामा भएको बृद्धि समेतका आधारमा नगरवासीहरूको चाहाना अनुरूप छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले मौजुदा कर्मचारी दरवन्दी पूनरावलोकन गरी संगठन संरचनामा सुधार गर्न आवश्यक भएकाले सो सम्वन्धि सम्पूर्ण कार्यहरू गर्ने अधिकार नगरपालिका वोर्ड बैठकलाई प्रदान गर्ने निर्णय गरियो ।

निर्णय नं. १९
    दमक नगरपालिकालाई हरित नगरको रूपमा बिकास गर्न आवश्यक कार्यक्रमहरू तयार गरी सम्वन्धित निकायमा पेश गर्ने निर्णय गरियो ।

निर्णय नं. २०
    यस नगरपालिकाको व्यवशाय कर अशुलीमा दमक उोग बाणिज्य संघसँग सहकार्य गर्दै संकलित व्यवशाय करको कुल रकममा बढीमा २५ प्रतिशत सम्म दमक उोग बाणिज्य संघले पेश गरेको उचित नगरको विकास झल्कने आयोजना/कार्यक्रम निर्णय गरी कार्यान्वयन गर्न सक्ने अधिकार नगरपालिका वोर्डलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. २१
    यस नगरपालिकाको स्वीकृत कर अशुली सम्वन्धि नीति र अन्य दररेटहरू सामान्य संशोधन गर्न आवश्यक देखिएमा नगर स्तरिय राजश्व परामर्श समितिको सिफारिसमा संशोधन गर्न सक्ने अधिकार नगरपालिका वोर्डलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. २२
    दमक नगरपालिका र अन्य संघसंस्थाको सहकार्यमा संचालन हुने योजनाहरूको छनौट एवं कार्यन्वयन गर्ने अधिकार नगरपालिका बोर्डलाई  प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. २३
नगरपालिकाको खेलकुद बिकासका लागि नगर स्तरिय खेलकुद बिकास समिति गठन गरी खेलकुद सम्वन्धिका सम्पूर्ण कार्य सोही समितिबाट संचालन गर्न आवश्यक भएको हुदा नगर स्तरिय खेलकुद समिति गठन गर्न नगरपालिका बोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. २४
    यस नगरपालिकामा लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका मध्ये ६० बर्ष उमेर पुगेका वा बिभिन्न कारणले सेवा छोड्नु पर्नेहरूलाई एकमुष्ठ रू.२०,०००/- प्रोत्साहन स्वरूप रकम उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. २५
यस नगरपालिकाबाट आ.व. २०७२/०७३ का लागि निम्न योजनाहरू जिल्ला बिकास समिति झापा र तहाँवाट समवेश हुन नसक्ने योजनाहरू नेपाल सरकार समक्ष (केन्द्रीय स्तरमा) माग गर्ने निर्णय गरियो ।

१.    नदी नियन्त्रण - रतुवा र मावा नदी
२.    दमक रवि चिसापानी सडक निर्माण 
३.    फोहोर रित्रिएशन सेन्टर निर्माण र व्यवस्थापन
४.    बसपार्क निर्माण
५.    शान्ती बाल उान निर्माण, दमक १५
६.    शहीद स्मृति वन वाटिका निर्माण, दमक ५
७.    हिमावि आमचौक मधुमल्ला जाने सडक कालोपत्र, दमक
८.    कृष्णमन्दिर बेलडागी सडक कालोपत्र, दमक
९.    हाईवे सेतुमारी सडक कालोपत्र निर्माण
१०.    दमक तारावारी डिपु सडक कालोपत्र निर्माण
११.    दमक रंगशाला निर्माण
१२.    दमक आदिवासी संग्रालय निर्माण
१३.    दमक शहरी सडक कालोपत्र निर्माण
१४.    दमक नगरको बिभिन्न ५ स्थानमा अग्नी नियन्त्रण पोखरी निर्माण
१५.    पोखरी निर्माण, शान्तीचौक पूर्व, वेतेनी खोला, दमक ६
१६.    शौचालय निर्माण, विपन्न वस्ती दमक ८
१७.    औधोगिक कोरीडोर निर्माण - दमक पूर्व माई पश्चिम
१८.    कल्भर्ट निर्माण, एभरेष्ट टोलवाट शिवालय जाने दमक ३
१९.    ढल निर्माण, कृष्णमन्दिर उत्तर ट्रान्सफरमरसम्म दमक ८
२०.    जग्गा खरिद, वडा समिति दमक ९
२१.    ढल निर्माण, आनन्द मार्ग, दमक १०
२२.    ढल तथा ग्राभेल निर्माण, बसन्त र न्यू लक्ष्मी मार्ग, दमक १३
२३.    सडक ग्राभेल, दमक १३ र १४ जोड्ने सडक, दमक १३
२४.    तार घेरावारा, ईलम प्रशिक्षण केन्द्र, दमक १३
२५.    ढल निर्माण, पुरानो ओमशान्ती मार्ग हुदै दमक १३/१४/१५ जोड्ने दमक १४
२६.    सडक ग्राभेल, आम्वारी देखि मावाखोलासम्म दमक १७
२७.    सडक ग्राभेल, दमक १७/१८ सिमाना सडक, दमक १८
२८.    बाध निर्माण, मावा खोला दमक १९
२९.    ढल निर्माण, प्रगति मार्ग, दमक १५
३०.    पुल मर्मत, रातेहोली दमक १२
३१.    भवन निर्माण, सरस्वती उमावि, दमक १४
३२.    सडक मर्मत, वालविकास कन्द्र, सुर्यदय टोल, निरौला मार्ग, कृष्ण प्रणामी मार्ग, जितपुर टोल, सहारा टोल, अगेमशान्ती मार्ग, दमक १४
३३.    भवन मर्मत, सामुदायिक भवन, साहारा टोल- दमक १४
३४.    शौचालय निर्माण, धिमाल सामुदायिक भवन चरकपाडा, दमक १५
३५.    चक्रपथ निर्माण, दमक नगरपालिका
३६.    सुरूङ मार्ग निर्माण, बसपार्क दक्ष्क्षिण राजमार्गमा
३७.    १८०फीट अग्लो बुद्धको मुर्ति सहितको पार्क निर्माण, नगरपालिका क्षेत्रभित्र
३८.    जग्गा व्यवस्थापन, फोहोरमैला व्यवस्थापनका लागि
३९.    खानेपानी आयोजना, दमक ६, ७, ८, १६, १७, १८, १९
४०.    सडक कालोपत्र, दमक तारावारी सडक - भारतीय दुतावासको सहयोगमा
४१.    सडक गूरू योजना निर्माण, दमक क्षेत्र भित्रका सडकहरूको
४२.    सडक कालोपत्र, मूनाल मार्ग, दमक १३
४३.    रजत मार्ग हुदै आइृतवारे जोडेने सडकमा कल्भर्ट निर्माण, दमक १३
४४.    मकालु मार्ग हुदै राम पाण्डेको घरसम्म जोडेने सडक निर्माण, दमक १३
४५.    जुट विकास संस्थानको स्वामित्वमा रहेको जग्गा प्राप्त गरी सपीङ कम्प्लेक्स निर्माण दमक १०
४६.    साईन्स सिटी निर्माण - दमक १९
४७.    पुल निर्माण - रतुवा खोलामा दमक १९, लखनपुर ९ र कोहवरा जोड्रने पुल
४८.    नर्सरी व्यवस्थापन - रमा सामुादयिक तथा प्रकोप व्यवस्थापन समिति दमक १९
४९.    नहर निर्माण - वेतेनी खोला दमक ८ हुदै दमक १६ सम्म
५०.    ईन्द्रेणी ताल दमक नगरपालिका - पर्यटकीय क्षेत्रको रूपमा बिकास गर्नु पर्ने ।
५१.    जेसिज मार्ग दमक नगरपालिका वडा नं. १३ र १४ जोड्ने सडक
५२.    कल्भर्ट निर्माण वडा नं. ६ को जम्भुझार भुतुरे खोला
५३.    अनाथ बाल बृद्धाश्रम वडा नं. १४ घेरावारा
५४.    दमक नगरपालका वडा नं. १२ को हाटखोलामा कल्भर्ट निर्मर्ाण
५५.    दमक नगरपालिका वडा नं. ८ को दाहाल प्रतिष्ठानमा कल्भर्ट निर्माण
५६.    चियावगान गेट उत्तर डाकनी - मधुमल्ला सडक कालोपत्र दमक
५७.    वेतेनी सिचाई आयेाजना दमक १५, १७, १८, र १९
५८.    सडक कालोपत्र - दमक १५ सगरमाथा चौकदेखि उमाकान्त आचार्यको घर हुदै ढङढङे चक्रपथ जोडेने सडक
५९.    कृषि सामुदायिक भवन निर्माण दमक १७
६०.    शान्ती मार्ग ढल निर्माण - दमक १५
६१.    लक्ष्मी मार्ग, वालुवाटार, ढल निर्माण योजना, दमक १३ - क्रमागत
६२.    सौर्य उर्जा सडक बत्ति व्यवस्थापन
६३.    सडक कालोपत्र - लक्ष्मी मार्ग, दमक १३

निर्णय नं. २६
यस नगरपालिकाकामा रहेको दमक उपस्वास्थ्य चौकीको स्तरोन्नती गरी जिल्ला अस्पताल वनाउन नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. २७
यस नगरपालिकाका क्षेत्रका केही वडाहरूमा बिुतिकरण गर्न बाकी रहेकोले बिुतीकरण गरिदिन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. २८
यस नगरपालिकाको सववाहन चालक र सेफ्टीटंकी सवारी चालकलाई प्रति टि्रपको दरले रू.५०/- (पचास) र सेफ्टीटंकी सवारीमा कार्यरत कुचिकार प्रति व्यत्ति रू.५०/- का दरले टि्रप एलाउन्स र व्याकोलोडर मेशिन अप्रेटरलाई प्रति दिनको रू.३००/- र सहयोगी कर्मचारीलाई व्याकोलोडर संचालन कार्यविधिमा तोकिए बमोजिममो भत्ता उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. २९
यस नगरपालिकाकाका क्षेत्र भित्र गाडिएका बिुत र टेलिफोन पोल र ट्रान्सफरमर/च्याम्वर राखे वापतको कर बिुत प्राधिकरण र नेपाल टेलिकमसँग लिने निर्णय गरियो ।

निर्णय नं. ३०
    यस दमक नगरपालिकाबाट संचालन गरिने योजना तथा कार्यक्रमहरूको वातावरणीय प्रभाव मुल्यांकन गर्न, अन्य आवश्यक परामर्शदाता सम्झौता गर्ने गराउर्ने अधिकार नगरपालिकावोर्डलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ३१
    यस नगरपालिकावाट समयानुकुल क्षमता बिकास योजना तयार गरी कार्यान्वयनमा ल्याउन नगरपालिका वोर्ड बैठकलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ३२
    यस नगरपालिकामा हाल कार्यान्वयनमा रहेका निम्न निर्देशिकाहरूलाई समयानुकुल संशोधन एवं परिमार्जन गर्न आवश्यक भए परिमार्जन एवं संशोधन गर्न नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।
@    नगरपालिका साझेदारी बिकास कोष संचालन निर्देशिका, २०६०
@    नगर सूचना केन्द्र संचालन निर्देशिका, २०६०
@    मानव संशाधन बिकास केन्द्र संचालन निर्देशिका, २०६०
@    एकीकृत सम्पत्ति कर बिनियमावली, २०६२
@    टोल बिकास संस्था समन्वय समिति संचालन निर्देशिका, २०६६
@    टोल बिकास संस्था संचालन सम्वन्धि निर्देशिका, २०६६
@    वातावरण उपसमितिको संचालन तथा व्यवस्थापन सम्वन्धि निर्देशिका, २०६६
@    प्रकोप व्यवस्थापन कार्ययोजना, २०६६
@    एकीकृत सम्पत्तिकर मूल्यांकन कार्यविधि निर्देशिका, २०६६
@    राजश्व संकलन निर्देशिका, २०६६
@    क्षमता बिकास योजना, २०६६
@    योजना संचालन निर्देशिका, २०६६
@    कर्मचारी प्रशासन विनियमाली, २०६९
@    नगर एड्स समन्वय समिति संचालन निर्देशिका, २०६९
@    भवन निर्माण निर्देशिका, २०६९
@    कर्मचारी कल्याण कोष निर्देशिका, २०६९
@    नक्सापास सम्वन्धि नीति, २०६८
@    राष्ट्रिय भवन निर्माण सिंहता, २०६०
@    योजना तथा भवन मापदण्ड, २०६९

निर्णय नं. ३३
नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई नेपाल सरकारले उपलब्ध गराउनेे पोशाक खर्च उपलब्ध गराई पोशाकको नियमितता नगरे हाजिरी समेतमा रोक लगाउन सक्ने समेत निर्णय गरियो ।

निर्णय नं. ३४
बिश्व बैक र एडिवी मा सडक स्तरोन्ती, ढल व्यवस्थापन र खानेपानीको बाँकी काम गर्न प्रोजेक्ट को लागि शहरी विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. ३५
    नगरस्तरिय राजश्व परामर्श समितिले गरेको निर्णयहरू अनुमोदन गरी लागू गर्ने निर्णय गरियो ।

निर्णय नं. ३६
नगरपालिकामा दर्ता भई नियमानुसार संचालन भई रहेका टोल विकास संस्थाहरूको संस्थागत विकासमा समेत टेवा पुगोस भन्ने उदेश्यले यस बर्ष देखि सम्वन्धित सवै टोलवासीहरूको बसोवासको सिफारिस, बसाइसराई, नाताप्रमाणित, सम्वन्धित टोल क्षेत्रमा नगरपालिकाले गर्ने ब्यात्तिगत तथा सार्वजनिक महत्वका स्थलगत सर्जमिनिहरूमा समेत नागरिक वडा मञ्च वा टोल विकास संस्थाका अध्यक्षले संस्थागत सिफारिस तथा रोहवरमा भइ आउने नीति लागु गर्ने निर्णय गरियो ।

निर्णय नं. ३७
टोल विकास संस्थाहरूको बचत दिनप्रति दिन बढ्दै गएको र बचत र परिचालन लाई अझ बढि ब्यवस्थित गर्न आवश्यक भएको सन्दर्भमा यस बर्ष प्रत्येक वार्डमा एक जना टोल लेखापरिक्षक स्वयमसेवक छनौट गरि सम्वन्धीत वार्डको टोलहरूको बचत र परिचालन लाई टोल संस्थाहरूको सहयोगमा ब्यवस्थ्िात गर्ने निति लिइने निर्णय गरियो ।

निर्णय नं. ३८
    नगर स्तरिय राजश्व परामर्श समितिको सिफारिस समेतका आधारमा यस नगरपालिकाकाले तयार गरेको राजश्वका दरहरू परिवर्तन गरी लागू गर्ने निर्णय गरियो ।

निर्णय नं. ३९
यस नगरपालिकालाई खुल्ला दिशामुक्त नगर घोषणा गरी सो अनुरूप आवश्यक कार्यक्रमहरू क्रमशः कार्यान्वयन गर्न नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४०
    दमक नगरपालिकावाट संचालन हुने सबै किसिमका विकास कार्यक्रमहरूको लागत सहभागिता प्रतिशत निर्धारण वडा नं. १, २, १०, ११, १२, १३ र १४ को हकमा स्थानीय उपभोक्तावाट ५० प्रतिशत र अन्य बाँकी वडाहरूको हकमा कम्तीमा २५ प्रतिशत लागत सहभागिता जुटाई आयोजना संचालन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४१ 
यस दमक नगरपालिकाबाट आ.व. २०७२/०७३ मा संचालन गरिने कार्यक्रमको बार्षिक खरिद योजना तथा खरिदको गुरू योजना समेत स्विकृत गरी कार्यान्वयन गर्न नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४२ 
यस दमक नगरपालिकामा गत आर्थिक बर्ष देखि संचालन भएको शहरी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरियो ।

निर्णय नं. ४३
    नगरपालिका क्षेत्र भित्र संचालन गरिने बिभिन्न कार्यक्रमहरूका लागि आवश्यक उपसमिति गठन गर्ने अधिकार नगरपालिका बोर्डलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४४
    दमक नगरपालिकाको बजार क्षेत्रवाट दैनिक उत्पादित फोहोर व्यवस्थापनका लागि स्यानीटरी ल्याण्डपिल्ड साईटको अभावले फोहोर व्यवस्थापन गर्न समस्या भईरहेको हुँदा व्यवस्थित ल्याण्डपिल्ड साईट निर्माणका लागि आवश्यक जग्गा खोजी गरी आवश्यकता अनुसार त्यसको आई.ई.ई. तथा ई.आई.ए. समेतको कार्य गर्न गराउन नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४५
    दमक नगरपालिकामा रहेका सवारी साधनहरू जीर्ण भई प्रयोगमा आउन नसक्ने, संचालन खर्च अत्याधिक देखिएका सवारी साधनहरूलाई सवारी लिलाम बिक्रीका लागि आवश्यक कार्य गर्ने अधिकार दमक नगरपालिका वोर्डलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४६
    नगरपालिकाको नागरिक वडापत्रलाई आ.व. २०७२/०७३ को राजश्वका दरहरू समावेश गरी अावधिक नागरिक वडापत्र सार्वजनिक गरी कार्यालय परिषरमा राख्ने निर्णय गरियो ।

निर्णय नं. ४७
    हिमावि ढुकुरपानी सडक निर्माण उपभोक्ता समिति दमक २ लाई सो सडक खण्डमा संचालन हुने सवारी साधनहरूमा मर्मत संभार शुल्क उठाउन प्रदान गरिएको अनुमतिलाई अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४८
    लक्ष्क्षित वर्गका कार्यक्रमहरूमा भौतिक पूर्वाधार बिकास तर्फको बिनियोजित रकमहरूमा कम्तीमा २०% लागत सहभागिता सहित नगरपालिकावाट स्वीकृत योजनाहरू सम्झौता गरी कार्यान्वयन गरिने छ । साथै सबै किसिमका लागत सहभागिता सम्वन्धित संस्था वा उपभोक्ता समितिहरूले आफ्नो बैक खाता खोली सो खातामा सहभागिताको रकम जम्मा गरेको प्रमाण पेश गरे पश्चात नगरपालिकावाट योजना तथा कार्यक्रम संम्झौता गरी कार्य अगाडी बढाईने छ ।

निर्णय नं. ४९
    आयोजना व्यवस्थापन खर्चका लागि बजेट तर्जुमा गर्दा छुट्टाईएको, नगरपालिकाको आन्तरिक श्रोतको रूपमा संकलन हुने मर्मत संभार कोषको रकम मर्मत संभारकोष खातामा जम्मा गरी निर्णयानुसार भएका योजना कार्यक्रममा खर्च गर्ने निर्णय गरियो ।

निर्णय नं. ५०
    मुख्य बजार क्षेत्र र नगरपालिकाले अत्यावश्यक ठानेको क्षेत्र बाहेक सडक बत्ति व्यवस्थापनका लागि माग भई आएमा बिुत पोल देखि मिटर जडान गरिएको ठाँउसम्म हुने खर्च र प्राविधिक सेवा मात्र यस नगरपालिकावाट उपलब्ध गराईने छ अन्य खर्च सम्वन्धित उपभोक्ताले खर्च गर्नु पर्ने नीति अवलम्वन गर्ने निर्णय गरियो ।

निर्णय नं. ५१
    एकीकृत सम्पत्ति कर प्रयोजनका लागि आ.व. २०७२/०७३ देखि सम्पत्तिहरूको पूर्नमूल्यांकन गरी सो बमोजिम सम्पत्ति कर लिनु पर्ने भएको हुदा नगरपालिकाले तयार गरेको एकीकृत सम्पत्ति करको पूर्नमूल्यांकन अनुसूची अनुसारको सम्पत्ति कर लिने निर्णय गरियो ।

निर्णय नं. ५२
    यस नगरपालिकाको बारूणयन्त्र उपशाखामा कार्यरत जम्दार श्री पत्रलाल तामाङलाई बर्ष २०७१/०७२ को उत्कृष्ठ कर्मचारी घोषणा गरी पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरियो ।

निर्णय नं. ५३
    दमक नगरपालिकाको पदपूर्ति समितिकोे प्रतिवेदनलाई आजको परिषदवाट पारित गरी प्रतिवेदनमा उल्लेखित सुझावहरूलाई क्रमशः कार्यान्वयनमा लैजान नगरपालिका वोर्ड बैठकलाई अधिकार प्रदान गर्ने निर्णय गरियो ।

निर्णय नं. ५४
नगरपालिका क्षेत्र भित्र स्थायी एवं अस्थायी संरचनाहरू निर्माण पूर्व नगरपालिकाको पूर्व स्वीकृति लिनु पर्नेमा नलिई निर्माण भएका संरचनाहरूलाई पूनः प्रत्रियामा आएमा लाग्ने शुल्कमा शत प्रतिशत थप दस्तुर सहित नियमानुसारको जरिवाना लिई प्रत्रिया अगाडी बढाईने निर्णय गरियो ।

निर्णय नं. ५५
    नगरपालिका क्षेत्रमा लागू गरिएको घर नम्वरिङ - मेटि्रक्स प्रणालीलाई कार्यान्वयनमा ल्याउनका लागि नगरपालिका वोर्ड बैठकलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ५६
    नगरपालिकाको स्वामित्वमा रहेका बिभिन्न पसलकवलहरूको बिुत बक्यौता भुक्तानीलाई समेत व्यवस्थित गर्न नेपाल बिुत प्राधिकरणले तोकेको न्यूनतम प्रतियूनिट दरमा रू.१/- व्यवस्थापन खर्च थप गरी संकलन गर्ने निर्णय गरियो ।

निर्णय नं. ५७
यस नगरपालिकावाट सम्पादन हुने बिभिन्न किसिमका सार्वजनिक निर्माण तथा सामाजिक बिकासका  कार्यक्रमहरूको उचित व्यवस्थापन र गुणस्तरलाई कायम राख्न आयोजना व्यवस्थापन गर्न बजेटमै बिनियोजित रकमवाट कट्टा गरिने छ । बजेटवाट कट्टा नभएका योजना कार्यक्रमहरूमा निम्नानुसारको रकम कट्टा गरी हुन आउने रकम भुक्तानी गरिने छ ।
तपशिल
१. आयोजना व्यवस्थापन खर्च ३ प्रतिशत
२. मर्मत संभार खर्च २.५ प्रतिशत
३. अग्रीम कर कट्टी १.५ प्रतिशत

निर्णय नं. ५८
    नगरपालिका कार्यालय परिषरमा बारूणयन्त्र भवन र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्ने निर्णय गरियो ।

निर्णय नं. ५९
    लक्ष्क्षित वर्गका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक पर्ने नीति एवं कार्यविधिहरू तर्जुमा गरी लागू गर्ने अधिकार नगरपालिका वोर्ड बैठकलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ६०
    आ.व. २०७०/०७१ मा र २०७१/०७२ को २०७१ पौष २९ गतेसम्म सम्पन्न भएका योजनाहरूको र नगरपालिकाको अनुगमन, जाँचपास तथा फरफारक समितीले गरेका सम्पूर्ण निर्णयहरू अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं. ६१
    यस नगरपालिकामा बिभिन्न श्रोतवाट रकम प्राप्त भई आयोजना कार्यक्रमहरू संचालन गर्नु पर्ने अवस्था भएका उक्त आयोजना कार्यक्रम छनौट गरी कार्यान्वयन गर्न नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।
निर्णय नं. ६२
    नगर क्षेत्र भित्र निर्मित भौतिक संरचनाहरूको मर्मत संभारको दीगो विकासका लागि मर्मत संभार गरिने आयोजनाहरूमा उपभोक्ताहरूको लागत सहभागिता नउठाउने गरी नगरपालिकाको तर्फवाट मर्मत संभार गर्न करदाताहरूले बुझाउने एकीकृत सम्पत्ति करको १० प्रतिशतका दरले हुने रकम मर्मत संभार शुल्क वापत संकलन गर्ने निर्णय गरियो ।

निर्णय नं. ६३
    दमक नगरपालिकाको वडा नं. ५ र १९ मा रहेका शहरी स्वास्थ्य केन्द्र संचालनका लागि कार्यरत कर्मचारीहरूको तलव भत्ता लगायत कार्यालय व्यवस्थापन समेतका लागि नगरपालिकावाट संचालन समितिका नाउँमा चौमासिक रूपमा बजेट उपलब्ध गराईने छ । थप शहरी स्वास्थ्य केन्द्रहरूका सम्वन्धमा आवश्यक निर्णय गर्न नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ६४
    चालु बर्षको बजेट कार्यक्रममा लक्ष्क्षित कार्यक्रम अन्तर्गतका कार्यक्रमहरू वडा स्तरमा संचालन गर्न वडा सचिवको सिफारिस समेतलाई ध्यान दिई गर्ने निर्णय गरियो ।

निर्णय नं. ६५
    दमक नगरपालिका भित्र रहेका बिभिन्न ग्राभेल सडकहरू मर्मत गर्न सडक डिभिजन कार्यालयको सहयोगमा आवश्यक मेशिनरी सामानहरू (ग्रेडर, रोलर, पानी टंकी, टिपर) प्रयोग गरी स्थानीय लागत सहभागितामा वडा/नगर स्तरिय र चालु बर्षकै बजेटमा परेका योजनाहरू सम्वन्धित उपभोक्ता समितिले दमक नगरपालिकालाई ईन्धन र अन्य खर्चको सम्वन्धित पक्षलाई सोझै भुक्तानी खर्च गर्ने सहितको अधिकार प्रत्यायोजित भएमा ग्राभेल मर्मतको गुणस्तरीयतालाई मध्यनजर गरी बिनियोजित बजेट मर्मत संभार कोषमा ट्रान्सफर गरी सोही कोषवाट खर्च गर्ने गरी योजना संचालन गर्ने निर्णय गरियो ।

निर्णय नं. ६५
    दमक नगरपालिकाको २४ घण्टे सेवा (बारूणयन्त्र र नगर प्रहरी) मा रही कार्यरत कर्मचारीहरूलाई आगामी आ.व. २०७२/०७३ मा जिल्ला प्रहरी कार्यालयको दैनिक राशन भत्ताको दामासाहीले हुने मासिक रकम राशन भत्ता वापत उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. ६६
    दमक नगरपालिकाको स्वामित्वमा रहेको दमक दमक ११ को बसपार्क परिषर र दमक ११ स्थित कृषि बजारको व्यवस्थापन नीजि क्षेत्रसँगको साझेदारीमा संचालन व्यवस्थापन गर्न सार्वजनिक नीजि साझेदारीमा संचालन व्यवस्थापन गर्ने निर्णय गरियो । साथै यसका लागि गर्नु पर्ने सम्पूर्ण कामकारवाही गर्ने अधिकार नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय समेत गरियो ।

                                                                                                                                                  समाप्त