स्थानिय निकायको निर्वाचनद्वारा गठित स्वायत स्थानीय सरकार दमक नगरपालिकाको मिति२०७४ असोज ३० गते सोमवार सम्पन्न ऐतिहासिक प्रथम नगरसभाबाट दमक नगर क्षेत्रमा अादिकाल देखि बसोवास रहेको धिमाल जाति समुदायलाई पहिलो नागरिक घोषणा गरि नगरपालिकाको हरेक कार्यक्रमहरुमा सहभागिताकोलागि पहिलो प्राथमिकता दिने निर्णय
दमक न. पा. का विभिन्न वडाहरुमा बेलुका ५ बजे देखि ११ बजे सम्म मालाथिन (लाम्खुट्टे मार्ने अौषधी) स्प्रे गरिने भएको छ। सोको कार्यतालिका यस प्रकार रहेको छ।