FAQs Complain Problems

बृहत बाल महोत्सब दमक २०७५ फारम

२०७५ माघ १७ गते देखी २१ गते सम्म

फारम भर्ने अन्तिम मितिः २०७५-१०-५ गते

प्रतियोगितामा सहभागि हुने तरिकाः
१. दमक नगरपालिकाको वेबसाइट बाट फारम डाउनलोड गरि भर्न सकिने छ वा यस अनलाईन फारम bit.ly/baalmahotsav मार्फत भर्न सकिने छ। झापा जिल्लाको हकमा प्रत्येक स्थानिय निकायवाट फाराम लिन सकिने छ । अन्य जिल्लाको हकमा स्रोतकेन्द्र, हिसान, प्याब्सन, एन प्याब्सनका क्षेत्रिय तथा जिल्ला कार्यालयहरु बाट उपलब्ध गराइने छ ।

२. कक्षा १२ सम्म अध्ययनरत १८ बर्ष ननाघेको बालवालिकाले प्रतिस्पर्धा गर्न पाउने छन् ।

३. सम्बन्धित विद्यालयको प्र.अ. वाट प्रतियोगी अध्ययनरत कक्षा र उमेर प्रमाणित गर्नुपर्ने ।

४. विद्यालय बाहिर रहेका १८ बर्ष सम्मका बाल प्रतियोगीले सम्बन्धित स्थानीय निकायवाट उमेर प्रमाणित गराएर प्रतिस्पर्धामा भाग लिन सक्नेछन ।

५. एक प्रतिस्पर्धीले एक भन्दा बढी विधामा प्रतिस्पर्धा गर्न चाहेमा बिधामा टिक लगाउन सक्नुहुनेछ । प्रतियोगीताहरुको समय जुध्यो भने स्वत एक विधा रोज्नु पर्नेछ।

६. १ नम्बर, ३ नम्बर र ४ नम्बरका कागजात Email: damakmun@gmail.com मा पठाउन सक्नुहुनेछ। सहभागि हुने बेला भने सक्कल प्रति लिएर आउनुपर्ने छ। सम्पर्क नः9842643887 सम्पर्क व्याक्तिः सरिता भण्डारी

७. बाल झाँकि र नृत्यको भने प्रतियोगिता गराईने छैन, प्रदर्शनी मात्र हुनेछ।

८. फारम भर्ने अन्तिम मिति २०७५ साल पौष मसान्त सम्म।  फारम दमक न.पा. को कोठा न २(च) मा बुझाउनु पर्ने छ।

***********************************************************************************************************************

१) चित्रकलाः सम्पर्क व्यक्ति श्री अभिषेक दास ९८४१५६३७१३

१. आधारभूत तथा माध्यामिक तहमा प्रतिस्पर्धा हुनेछ ।

२. बढीमा ३ घण्टाको समय प्रदान गरिने छ । आफुलाई इच्छा लागेको चित्र बनाउन पाइने छ साथै चित्रको वर्णन छुट्टै पेजमा गरेर दिनुपर्नेछ । अमुर्त चित्रलाई मान्यता दिइने छैन । तयार पारिएको चित्र आयोजकको अधिनमा रहनेछ ।

३. चित्रकलाका आवश्यक सामाग्रीहरु पेपर, कलर, ब्रस, आदि सबै उपलब्ध गराइनेछ ।

४. प्रत्येकदिन बेलुका दिनभरिका उत्कृष्ट ३/३ चित्र छनौट गर्ने र सम्बन्धित चित्रकारलाई उत्कृष्ट ३ भित्र परेको जानकारी गराउने । चौथो दिन प्रत्येक दिनका उत्कृष्ट ३/३ गरि जम्मा २४ जना लाई प्रमाण पत्र सहित नगद रु १००० का दरले पुरस्कृत गर्ने ।

५. प्रत्येक दिन छनौट भएका उत्कृष्ट ३/३ चित्रहरुमध्ये वाट प्रथम, द्धितिय र तृतिय छुट्याउने र प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गर्ने

६) सहभागी सुल्क रु २० लाग्ने छ ।

२) गायनः सम्पर्क व्यक्ति श्री  कमला खनाल ९८४२६३१९३६

१. आधारभूत १२ बर्ष सम्मका तथा माध्यामिक तहमा १८ बर्ष सम्मका बीच प्रतिस्पर्धा हुनेछ ।

२. प्रतियोगीहरु तपशिल बमोजिमका स्थानहरु बाट छनौट भई आउनुपर्नेछ । अडिसनको मिति पछि तोकिनेछ । झापा, मोर¨, सुनसरी वाहेक अन्य जिल्लावाट आउने प्रतियोगीहरुको प्रारम्भिक छनौट दमकमा नै हुनेछ ।         

  • १ दमक बिहानी कलाकेन्द्र कमला खनाल ९८४२६१९३६
  • २ सुरुङ्गा साधना कलाकेन्द्र ध्रुब पाठक ९८०६००५५५३
  • ३ विर्तामोड सरगम संगीतालय दीपक रायामाझी ९८४२६९८६८९
  • ४ बुधवारे आरोह संगीतालय हरी उप्रेति ९८४४६४६७३२
  • ५ उर्लावारी बिहानी कलाकेन्द्र यशोधा शाक्य ९८४२१६२८५५
  • ६ इटहरी पुर्वाञ्चल कलाकेन्द्र केशव कार्की
  • ७ धरान ओजश्वी कलाकेन्द्र सोम याम्फू ९८५२०४२२२९
  • ८ विराटनगर स्वरसंगम संगीतालय कुलेश्वर राई ९८४२०२८०२७

 

३. गीत लोक, आधुनिक र देशभक्ती हुनुपर्नेछ ।

४. गीतको ट्रयाक प्रतियोगी आफैले ल्याउनु पर्नेछ ।

५. पहिलो चरणमा छनौट भएर दमक आउने सबै प्रतियोगीलाई प्रमाण पत्र प्रदान गरिनेछ ।

६. उत्कृष्ट २० जनालाई नगद रु १००० सहित प्रमाण पत्र प्रदान गरि प्रत्येकदिन ५/५ जनालाई स्टेज प्रदान गरिनेछ ।

७. उत्कृष्ट २० मध्येवाट प्रथम, द्धितिय र तृतिय छनौट गरि पुरस्कृत गरिनेछ ।

३ ) कबिताः सम्पर्क व्यक्ति श्री  नरपति पाण्डेः ९८४२७०९८८८

१. कबिता लेखन माध्यामिक तहमा मात्र प्रतिस्पर्धा हुनेछ ।

२. कबिता लेखन प्रतियोगीता महोत्सवको पहिलो चार दिन चल्नेछ ।

३. कबिता लेखनका लागि तपशिलका २५ ओटा क्षेत्र रहनेछन् जुन शिर्षक प्रतियोगीले तान्छ सोहि शिर्षकमा कबिता लेख्नु पर्नेछ । कबिता लेख्ने समय तोकिए बमोजिम हुनेछ ।

मेरो विद्यालय,  गरिवको झुपडी, बाल अधिकार, खेलकुद र व्यायाम, म गर्न सक्छु, शहरी जीवन, शहिद, युवा शक्ति, मेरो देश, गाउँले जीवन, नैतिक शिक्षा, मन परेको पुस्तक, स्वच्छ वातावरण, छोरीलाई शिक्षा, फूल र पुतली, विद्या नै धन हो, जीवन र पानी, प्रजातन्त्र, मेरा सपनाहरु , समयको महत्व, राष्ट्रियता, समृद्ध नेपाल सुखी नेपाली , विज्ञान र विकास, अनुसासन, समाज सेवा

४. चारै दिन लेखिएका कबितालाई मुल्याड्.कन गरी समापनको दिन उत्कृष्ट ४ जनालाई नगद तथा प्रमाण पत्र सहित  पुरस्कृत गरिनेछ ।

४) निवन्धः श्री  धनन्जय बास्कोटा 9842650782

१. निवन्ध लेखन माध्यामिक तहको नेपाली भाषामा मात्र प्रतिस्पर्धा हुनेछ ।

२. निवन्ध लेखन प्रतियोगीता पहिलो चार दिन चल्नेछ । आवश्यक सामाग्रीहरु पेपर साथै डटपेन उपलब्ध गराइनेछ ।

३. निवन्ध लेखनका लागि ८ ओटा शिर्षक रहनेछन् जुन शिर्षकको चिट्ठा प्रतियोगीले तान्छ सोहि शिर्षकमा निवन्ध  लेख्नु पर्नेछ । निवन्ध लेख्ने समय तोकिए बमोजिम हुनेछ। निबन्ध शिर्षकहरुः मेरो सपनाको देश, नेपालको सम्बृद्धिमा पर्यटनको महत्व, शिक्षामा प्रविधिको प्रयोग, शान्ति र राजनैतिक स्थिरता देश निर्माणको आधार, देश निर्माणमा युवाको भुमिका, नेपालमा कृषिको आधुनिकीकरण महत्व र चुनौति, बैक बचत र भविष्य, नेपालमा आणविक उर्जाको प्रयोग र सम्भावना

४. प्रत्येक शिर्षकका उत्कृष्ट ३/३ जनालाई नगद रु १००० सहित प्रमाण पत्र र समग्रमा उत्कृष्ट मध्येवाट प्रथम, द्धितिय र तृतिय लाई नगद सहित प्रमाण पत्र द्धारा पुरस्कृत गरिने छ ।

५) वक्तृत्वकलाः सम्पर्क व्यक्ति श्री  शिव रेग्मीः ९८४१२६३०४१४

१. वक्तृत्वकला आधारभूत तथा माध्यामिक तहमा प्रतिस्पर्धा हुनेछ ।

२. वक्तालाई ४ मिनेट समय दिईनेछ । शुरुका ४ दिन प्रतिस्पर्धा संचालन हुनेछ ।

३. तपशिलका शिर्षकहरु मध्ये गोलाप्रथा द्धारा छनौट गरि उक्त शिर्षकमा सो दिनको वक्तृत्वकला संचालन गरिनेछ ।

आधारभूत तहः समयको महत्व, आमा, विश्वको सुन्दर देशः मेरो देश, विद्यार्थी जीवनमा अनुसासनको महत्व, स्वास्थ्य नै धन हो

माध्यामिक तहः सुचना प्रविधिको प्रयोग र असर, प्राविधिक शिक्षा आजको आवश्यक्ता, विश्वको सुन्दर देशः मेरो देश, जेष्ठ नागरिक प्रति हाम्रो दायित्व, लागु पदार्थ दुर्व्यासन रस यसको असर, आर्थिक समृद्धिमा पर्यटनको महत्व, वैदेशिक रोजगारी र यसको प्रभाव

६) हाजिरीजवाफः सम्पर्क व्यक्ति श्री टिकाराम भण्डारी ९८५२६७०९२१

१. प्रत्येक दिन आधारभूत तहको १२ बजे तथा माध्यामिक तहको २ बजे प्रतिस्पर्धा हुनेछ ।

२. प्रतियोगी व्यक्तिगत रुपमा सहभागी हुने र हाजिरीजवाफ लिखित हुनेछ । विद्यालयबाट एक भन्दा बढी बालवालिका सहभागी हुन सक्नेछन ।

३. हाजिरीजवाफका लागि आवश्यक सामाग्री प्रश्नपत्र साथै डटपेन समेत उपलब्ध गराइनेछ ।

४. प्रत्येकदिनका उत्कृष्ट ३/३ बालवालिका छनौट गर्ने र सम्बन्धित बालवालिकालाई उत्कृष्ट ३ भित्र परेको जानकारी

५. प्रतियोगितामा भाग लिन ईच्छुक प्रतियोगिले प्रवेश शुल्क २० तिर्नुपर्नेछ।

७) विज्ञान प्रतियोगिता तथा प्रर्दशनीः सम्पर्क व्यक्ति श्री  अरुण श्रेष्ठः ९८४२६२०४५३

१) एक बिद्यालयबाट सबै विधाहरुमा निशुल्क सहभागी जनाउन सकिने छ ।

२) सवै विधामा अलग अलग प्रतिस्पर्धा गराइ अलग अलग रुपमा पुरस्कृत गरिने छ ।

३) प्रतिस्पर्धा गराइने विधाहरु यसप्रकार रहेका छन।

४) नमुना (Model सामाग्री प्रर्दशनीः  नमुना प्रर्दशनी भन्नाले विज्ञान, वातावरण, स्वास्थ्य तथा गणितसग सम्वन्धित ठोस बस्तुहरु प्रयोग गरि तयार पारिएका कुनै पनि प्रर्दशनीयोग्य सामाग्रीहरु बुझाउछ ।

५) प्रयोगात्मक (Experimental) प्रर्दशनीः प्रयोगात्मक प्रर्दशनी भन्नाले विज्ञानको कुनै पनि अवधारणा र सिद्धान्तमा आधारित रहेर उक्त सिद्धान्तलाई तत्काल प्रमाणिकरण गरि देखाउन सक्ने सामाग्रीहरु बुझाउछ ।

६) आविस्कार तथा अनुसन्धानात्मक प्रर्दशनीः आविस्कार तथा अनुसन्धानात्मक प्रर्दशनी भन्नाले कुनै पनि क्षेत्रका सुचनाहरु संकलनगरि वैज्ञानिक विधिवाट (समस्याको पहिचान। पृष्ठभूमी, तथ्याइ्.क संकलन तथा विश्लेषण र नतिजा) नतिजा निकालिएका सामाग्रीहरु बुझाउछ । जुन Poster को रुपमा रहनेछ ।

७) सहभागी जनाउने विधाहरु र प्रयोग सामाग्रीको नाम सहितको जानकारी पुस मसान्त सम्म दमक नगरपालीको सम्पर्क कार्यालयमा आइपुग्नु पर्ने छ ।

८) समय सिमा भन्दा पछाडि आएका सामाग्रीहरुलाई प्रतिस्पर्धामा सहभागी गराईने छैन ।

९) प्रयोग सामाग्रीहरु आफै जुटाउनु पर्ने छ ।

१०) प्रयाप्त मात्रामा सामाग्रीहरु नआए एउटा बिद्यालयको अन्य सामाग्रीहरुलाई पनि आवश्यकता अनुसार प्रतियोगीतामा सहभागी गराईने छ ।

८ Math Olympiad:  श्री  घनश्याम अधिकारी 9842620542

१. सहभागी सुल्क रु २० लाग्ने छ ।

२. एक बिद्यालयबाट जति पनि सहभागीहरु भागलिन सक्ने छन ।

३. प्रत्येक दिन प्रथम, द्धितिय र तृतिय छुट्याइने छ ।

४. पाचौ दिन तिनिहरु विच प्रतिस्पर्धा गराइ पून प्रथम, द्धितिय र तृतिय छुट्याइ पुरस्कार वितरण गरिने छ ।

९ बालझाँकीः सम्पर्क व्यक्तितिल श्री चन्द्र अधिकारी ९८५२६८३६९३

१. बालझाँकीमा प्रदर्शन गर्न ईच्छुक विद्यालय/बाल क्लब / विबिन्न जातिय संस्थाले स्थानिय कला संस्कृतिक झल्कने किसिमका झाँकी तयार गरेर ल्याउनु पर्ने छ।

२. बालझाँकी प्रतियोगिता  उद्घाटनको दिनमामात्र सञ्चालन गरिनेछ।

१० नृत्य ः  श्री टेकनाथ भन्डारी 9852676992

  • नृत्यको भने प्रतियोगिता गराइने छैन प्रदर्शनी मात्र हुनेछ

११) नाटकश्री टेकनाथ भण्डारी ९८५२६७६९९२
१. नाटक प्रदर्शनी मात्र हुनेछ । बढीमा २५ मिनेटको बनाउनु पर्नेछ ।
२. पौष मसान्तसम्ममा सम्पर्क गरिसक्नु पर्नेछ । शुरुको उत्कृष्ट ५ वटा नाटकले मात्र स्टेश पाउने छ ।

१२) तारापुञ्ज, सूर्यावलोकन श्री टेकनाथ भण्डारी ९८५२६७६९९२
    १. महोत्सब अवधि भर जम्मा ५००० बालबालिकाले मात्र हेर्न पाउने छन् ।
२. पौष मसान्तसम्ममा प्रति बालबालिकाले रु. २० को टिकट लिई सक्नु पर्नेछ ।