FAQs Complain Problems

सम्पत्तीकर, व्यवसाय कर, वहालकर लगायतका कर बुझाउने सूचना

सम्पत्तीकर, व्यवसाय कर, वहालकर लगायतका कर बुझाउने सूचना

यस नगरपालिका क्षेत्रमा रहेको जग्गा तथा घरधनीहरूले एकिकृत सम्पतीकर, व्यवशाय कर र वहालकर समेतको रकम आ.व. २०७१/०७२ सम्मको बुझाउन बाँकी भए २०७२ असार ३० गते भित्र बुझाउनु हुन जानकारी गराईन्छ तोकिएको समयमा कर नबुझाए आगामी २०७२ श्रावण महिनादेखि जरिवाना लाग्ने हुदा समयमै कर बुझाउनु हुन सम्वन्धित सबैमा जानकारी गराईन्छ । 

आफुले बुझाउनु पर्ने कर समयमै बुझाई जरिवानाबाट बचौ र सच्चा नगरवासीको कर्तव्य पुरा गरौ ।

नोट ः- दमक नगरपालिकामा दैनिक बिहान ७ः०० बजे देखि माथि उल्लेखित कर बुझाउनसकिने व्यहोरा समेत सम्वन्धित सबैमा जानकारी गराईन्छ ।