FAQs Complain Problems

फोहोरमैला तथा वातावरण सम्बन्धी निर्णय

मिति २०७४-०५-१४ गतेको बोर्ड बैठकबाट पारित विशेष निर्णय

फोहोरमैला तथा वातावरण सम्बन्धी निर्णय

१          मानव स्वास्थ्यलाई प्रतिकुल असर पार्न सक्ने प्लाष्टिक जन्य चियाकप प्लेटलाई मिति २०७४/०६/०१ गते देखी पुर्णरुपमा प्रतिबन्ध गरि बैकल्पिक व्यवस्था गर्ने । जसका लागि चिया पिउन कागजको कप प्रयोग गर्ने । तातो खाध्य पदार्थ प्रयोग गर्न समेत कागज प्लेट वा दुना टपरा मात्र प्रयोग गर्ने । 

२          मानव स्वास्थ्य र वातावरण असर पार्ने  खादाहरु मिति २०७४/०७/०१ गते बाटै कसैले नपाउने । त्यसको विकल्पमा फुल गुच्छा र सुति कपडाका खादाहरु (गम्छा) मात्र प्रयोग गर्ने । जातिय संस्कारमा जोडिएको अवस्थामा प्रयोग गर्न यसले बाधा पुर्याएको नमानिने।

३          मिति २०७४/०७/०१ गते देखी सडने गल्ने फोहोर अलग , नसडने पुन: प्रयोगमा आउने जस्तै प्लाष्टिक बोतल, कुर्सी, टेवल, बाल्टिन लगायत अन्य अलग डस्विनमा राख्ने । नसडने तथा पुन: प्रयोगमा समेत नआउने बस्तुलाई अलग डस्विनमा राख्ने र सोही अनुसार संकलन गर्ने ।

४          मिति २०७४/०६/०१ गते देखी कुनै पनि नागरिरकहरुले सडकमा निर्माण सामाग्री डम्पिङ्ग गर्न नपाइने । गृह लगायत अन्य निर्माणका लागि सामाग्री बाटामा खसाउनु पर्नु भए १ दिन भित्रमा सडक खाली गरि सक्नु पर्नेछ । यदि खाली गर्ने उपाय छैन भने टोल बिकासको सिफारिसमा वडा समितिले समय तोकेर यातायातलाइ बाधा नपर्ने गरि अनुमति दिन सक्नेछन । उक्त अनुमतिको म्याद ३ देखी ५ दिन सम्मको मात्र हुनेछ ।

५          सडने वा नसडने जुन सुकै प्रकारका ठोस पदार्थहरु नालामा फाल्न पूर्णरुपमा बन्देज हुनेछ । नाला, ढल पानी बग्नका लागि मात्र हुनेछन । नालामा ट्वाइलेट बाट दिशा पिसाब बगाएको पानी हाल्न समेत पुर्ण बन्देज हुनेछ ।         

६          बजार क्षेत्रमा मिति २०७४/०८/०१ गते देखी सार्वजनिक क्षेत्रमा धुम्रपान गरेको पाइएमा कारवाईको विषय बनाइने छ ।

७          न.पा.हाता भित्र सेवाग्राही, कर्मचारी , जनप्रतिनिधीले धुम्रपान , मद्यपान, खैनी , गुडका प्रयोग गरेको पाइएमा कार्वाहीको विषय वनाइनेछ ।

८          बिना अनुमति सडक पेटीमा कसैले पनि अस्थायी रुपमा सडक अवरुद्ध गरेर पसल संचालन गर्न पाइने छैन । लामो समय देखी फुटपाथमै पसल संचालन गर्दै आएका व्यापारीलाइ व्यापारको प्रकृति र पसल संचालन गर्ने स्थान  हेरी अस्थायी अनुमति दिइने छ ।

९          मिति २०७४/०८/०१ गते देखी मजदुर वर्गको सिप विकास गरी दक्ष बनाउन २५ प्रतिशत स्वयम व्यक्ति र ७५ प्रतिशत रकम न.पा.बाट व्यहोर गरी सिप परिक्षण गर्ने कार्यको थालनी गरिनेछ ।

१०       घर निर्माण गर्दा निर्माण सामाग्रीबाट नाला पुरिन गएमा सम्बन्धित घरधनिले नै सफा गर्नु पर्नेछ ।   मिति २०७४/५/१४