FAQs Complain Problems

२०औ नगरपरिषदको निर्णय

    
                                                            २०औं नगरपरिषदको बैठकका निर्णयहरू

बैठक मिति २०७० साल पौष ३० गते ।

 

निर्णय नं. १    

    चालु आर्थिक बर्ष २०७०/०७१ को बिभिन्न शीर्षक अन्तर्गत २०७० साल मंसीर मसान्तसम्मको यथार्थ आम्दानी रू.३४५७१५८०/१४ अक्षेरेपी तीन करोड पैतालीस लाख एकहत्तर हजार पाँच सय अस्सी र पैसा चौध मात्र, बिभिन्न शिर्षक अन्तर्गत २०७० साल मंसीर मसान्तसम्मको यथार्थ खर्च रू.३,२८,४३,७७५/७३ अक्षेरेपी तीन करोड अठ्ठाईस लाख त्रिचालिस हजार सात सय पचहत्तर र पैसा त्रिरहत्तर मात्रको जानकारी भई उल्लेखित आम्दानी खर्च अनुमोदन गर्ने र आ.व.२०७०/०७१ को बिभिन्न शीर्षक अन्तर्गतको आम्दानी रू. १५,८९,८३,९०७/- लाई संशोधन गरी रू.१५,००,१६,०२७/- र त्यसै गरी खर्च तर्फ रू.१५,८९,८३,९०७/- लाई संशोधन गरी रू. १५,००,१६,०२७/- कायम गर्ने यस नगर परिषदवाट निर्णय गरियो ।

निर्णय नं. २

    मिति २०७०/०९/१९ र २१  गतेका दिन बसेको एकीकृत योजना तर्जुमा समितिको बैठकको सिफारिस र मिति २०७०/०९/२९ गते बसेको सर्वदलीय बैठकको सिफारिस समेतका आधारमा आ.व. २०७१/०७२ को लागि बिभिन्न शिर्षक अन्तर्गतको अनुमानित आम्दानी रू.१८,७०,७५,१८१/- र बिभिन्न शिर्षक अन्तर्गत अनुमानित खर्च रू.१८,७०,७५,१८१/- अठार करोड सत्तरी लाख पचहत्तर हजार एक सय एकासी रूपैयाको निम्नानुसारको अनुमानित बजेट नीति तथा कार्यक्रम आजको नगरपरिषद बैठकवाट पारित गर्ने निर्णय गरियो ।

निर्णय नं. ३
    दमक नगरपालिकाको गत आ.व. २०७०/०७१ को अन्तिम लेखापरिक्षणका लागि लेखापरिक्षकको छनौट गर्न गराउन र निजको पारिश्रमिक तोक्न नगरपालिका वोर्ड बैठकलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४
    दमक नगरपालिकामा पेश भएका आ.व. २०६८/०६९ को अन्तिम लेखापरिक्षणको प्रतिवेदन यस नगरपरिषद बैठकमा छलफल भयो । लेखापरिक्षक श्री राम प्रसाद ढकालले दिएको उक्त प्रतिवेदन अनुसार प्राप्त सुझावहरू कार्यान्वयन गर्न कार्यकारी अधिकृतलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ५
    दमक नगरपालिकाको हाल सम्मको पेश्की बाँकी र बेरूजु बक्यौतालाई फस्र्यौट गर्नु पर्ने वा अशुल गर्नु पर्ने छुट्टयाई पेश्की फस्र्यौट गर्न सकिने किसिमका पेश्कीहरूलाई फस्र्यौट समेत गर्न नगर परिषदको अधिकार नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ६
यस दमक नगरपालिकामा हाल भैरहेको लेखा प्रणालीलाई समयानुकुल बनाउन प्रोदभावी लेखा प्रणाली अवलम्वन गरी लागु गर्ने निर्णय गरियो ।

निर्णय नं. ७
    आ.व. २०७०/०७१ को बार्षिक बजेट नीति तथा कार्यक्रममा उल्लेखित खर्चहरूमा बिनियोजित रकम भन्दा बढी खर्च हुने देखिएकोमा उल्लेखित बजेटलाई संशोधन गरी संशोधन सहित अनुमोदनका साथै समर्थन गर्ने निर्णय गरियो ।

निर्णय नं. ८
    नगरपालिका बिभिन्न बैठक, सर्वदलीय बैठक र अन्य बिविध बैठकमा उपस्थित हुने पदाधिकारीहरूलाई बैठक भत्ता  रू.५००/- उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. ९
    २०७० श्रावण १ गते देखि २०७० मंसीर मसान्तसम्म भएको आय, व्यय अनुमोदन गर्दै नगरपालिकाको बोर्ड बैठकबाट भएका निर्णयहरू यस नगरपरिषदको बैठकबाट अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं. १०
    यस नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई मंहगी भत्ता वापत मासिक शुरू तलव स्केलको १५ प्रतिशतले हुने रकम र अन्य सुविधा निम्नानुसार उपलब्ध गराउने निर्णय गरियो ।

(क) तोकिएका वडा सचिवहरूलाई वडा सचिवको अतिरित्त जिम्मेवारी वहन गरे वापत प्रोत्साहन स्वरूप विगतमा दिईदै आएको रू.२०००/- (दुई हजार) आगामि आ.व. मा समेत उपलब्ध गराउने निर्णय गरियो ।

(ख) यस कार्यालयमा कार्यरत कर्मचारीहरूलाई उपलब्ध गराउने थप आवश्यक सेवा सुविधा नगरपालिकाको बोर्डको निर्णयानुसार उपलब्ध गराउन अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

(ग) नेपाल सरकारवाट कार्यरत कर्मचारीहरूलाई उपलब्ध गराउदै आएको मासिक रू.१०००/- भत्ता कायमै गर्ने निर्णय गरियो ।

निर्णय नं. ११
    स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को अनुसूचि ८१ ले स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीहरूले जिल्ला बाहिर भ्रमण गर्दा पाउने दैनिक भ्रमण भत्ताको दर तोकी जिल्ला भित्र भ्रमण गर्दाको हकमा उक्त रकमको ३/४ मा नबढ्ने गरी परिषदले स्वीकृत गरेको दरमा उपलब्ध गराउने भन्ने व्यवस्था गरेको हुँदा यस नगरपालिकाले पनि जिल्ला भित्र दैनिक भ्रमण भत्ता पाउने गरी भ्रमणमा जाने पदाधिकारी तथा कर्मचारीहरूलाई तोकिएको दरको ३/४ ले हुने रकम उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. १२
    यस नगरपालिकामा पेश भएको संगठन बिकास प्रतिवेदन लागु गर्न गरिएको निर्णय अनुमोदन गर्ने निर्णय गरियो साथै सो बमोजिमको कर्मचारी दरवन्दी (अनुसुची १) स्वीकृत गर्ने निर्णय गरियो ।

निर्णय नं. १३
    अनुसूची २ बमोजिमको दमक नगरपालिका कार्यालयको संगठन तालिकालाई निरन्तरता दिने निर्णय गरियो ।

निर्णय नं. १४
    यस नगरपालिकालाई परेका मुद्दाहरूको लागि कानूनी सल्लाहकार नियुक्ती गर्न र पारिश्रमिक तोक्ने अधिकार नगरपालिका बोर्डलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. १५
    महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई राष्ट्रिय खोप कार्यक्रममा खटिएको दिनको पारीश्रमिक स्वरूप दैनिक रू.५००/- र जनस्वास्थ्यवाट संचालित कार्यक्रममा खटिएको दिनको पारिश्रमिक वापत थप रू.५०/- दैनिक उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. १६
    दमक नगरपालिकामा करार सेवामा कार्यरत कर्मचारी र शहरी स्वास्थ्य कार्यक्रम अन्तर्गत कार्यरत कर्मचारीहरूको अर्को व्यवस्था भएमा वाहेक २०७१ आषाढ मसान्तसम्मको करार अवधि थप गर्ने निर्णय गरियो ।
    ख)    समुदाय परिचालक श्री बिष्णु पौडेल
    ग)    समुदाय परिचालक श्री निर्मला गुराँगाई
    घ)    समुदाय परिचालक श्री चन्द्रकला निरौला
    ङ)    समुदाय परिचालक श्री सावित्रा पौडेल
    च)    समुदाय परिचालक श्री हिरामाया पोख्रेल
    छ)    खरिदार श्री हिमालय सिग्देल
    ज)    कार्यालय सहयोगी श्री महेन्द्र प्रसाद भट्टराई
    झ)    सामुदायिक स्वास्थ्य क्लिनिकका अ.हे.ब. श्री कुवेर भट्टराई
    ञ)    सामुदायिक स्वास्थ्य क्लिनिकका अ.हे.ब. श्री देवी काफ्ले
    ट)    सामुदायिक स्वास्थ्य क्लिनिकका हे.अ. श्री जयमन्त पडित
    ठ)    सामुदायिक स्वास्थ्य क्लिनिकका का.स. श्री रमेश थापा
    ड)    सामुदायिक स्वास्थ्य क्लिनिकका का.स. श्री कल्पना घिमिरे
    ढ)    सवारी चालक श्री धन कुमार योङ्गया
    ण)    सवारी चालक श्री श्याम पौडेल
    त)    सवारी चालक श्री वीरमान तामाङ्ग
    थ)    कार्यालय सहयोगी श्री जीवन कोईराला
    द)    अनमी मिना बराल
    थ)    अनमी शोभा भण्डारी

निर्णय नं. १७
    यस नगरपालिका कार्यालयको पदपूर्ति समितिको मिति २०७०/०८/२२ गतेको निर्णय सिफारिसवाट बढुवा भएका कर्मचारीहरू सहायक स्तर पाँचौ तहका सव-ईन्जिनियर श्री भीम प्रसाद पौडेल, सहायक स्तर पाँचौ तहका लेखापाल श्री भरत गौतम, सहायक स्तर पाँचौ तहका कानून सहायक श्री माधव प्रसाद बस्नेत, सहायक स्तर चौथो तहका खरिदार श्री टिकाराम दाहाललाई बढुवा गरिएको पद क्रमशः अधिकृत स्तर छैठौ तह - ईन्जिनियर, अधिकृत स्तर छैठौ तह - लेखा अधिकृत, अधिकृत स्तर छैठौ तह - कानून अधिकृत, सहायक स्तर पाँचौ तह - नायव सुब्बा पदमा स्वीकृत मौजुदा संगठन संरचना बमोजिमका पदस्थापन गरिएका पदहरू अनुमोदन गर्ने र समायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. १८
    नगरपालिकाद्धारा प्रदान गरिने सेवाहरूको बिविधिकरण, सेवाग्राहीको संख्यामा भएको बृद्धि समेतका आधारमा नगरवासीहरूको चाहाना अनुरूप छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले मौजुदा कर्मचारी दरवन्दी पूनरावलोकन गरी संगठन संरचनामा सुधार गर्न आवश्यक भएकाले सो सम्वन्धि सम्पूर्ण कार्यहरू गर्ने अधिकार नगरपालिका वोर्ड बैठकलाई प्रदान गर्ने निर्णय गरियो ।

निर्णय नं. १९
    यस नगरपालिकामा कुचीकारका रूपमा कार्यरत कुचिकारहरूलाई दैनिक रू.२६०/- का दरले भुक्तानी दिने र बार्षिक रूपमा रू.३०००/- पोशाक खर्च र चार्डपर्व खर्च वापत बार्षिक एक महिना वरावरको रकम उपलब्ध गराउने र २०७० को चार्डपर्व खर्च वापत उपलब्ध गराईएको रकम अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं. २०
    यस नगरपालिकाको व्यवशाय कर अशुलीमा दमक उोग बाणिज्य संघसँग सहकार्य गर्दै संकलित व्यवशाय करको कुल रकममा बढीमा २५ प्रतिशत सम्म दमक उोग बाणिज्य संघले पेश गरेको उचित नगरको विकास झल्कने आयोजना/कार्यक्रम निर्णय गरी कार्यान्वयन गर्न सक्ने अधिकार नगरपालिका वोर्डलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. २१
    यस नगरपालिकाको स्वीकृत कर अशुली सम्वन्धि नीति र अन्य दररेटहरू सामान्य संशोधन गर्न आवश्यक देखिएमा नगर स्तरिय राजश्व परामर्श समितिको सिफारिसमा संशोधन गर्न सक्ने अधिकार नगरपालिका वोर्डलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. २२
    दमक नगरपालिका र अन्य संघसंस्थाको सहकार्यमा संचालन हुने योजनाहरूको छनौट एवं कार्यन्वयन गर्ने अधिकार नगरपालिका बोर्डलाई  प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. २३
नगरपालिकाको खेलकुद बिकासका लागि नगर स्तरिय खेलकुद बिकास समिति गठन गरी खेलकुद सम्वन्धिका सम्पूर्ण कार्य सोही समितिबाट संचालन गर्न आवश्यक भएको हुदा नगर स्तरिय खेलकुद समिति गठन गर्न नगरपालिका बोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. २४
    यस नगरपालिकामा लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका मध्ये ६० बर्ष उमेर पुगेका वा बिभिन्न कारणले सेवा छोड्नु पर्नेहरूलाई एकमुष्ठ रू.१०,०००/- प्रोत्साहन स्वरूप रकम उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. २५
यस नगरपालिकाबाट आ.व. २०७१/०७२ का लागि निम्न योजनाहरू जिल्ला बिकास समिति झापा मार्फत नेपाल सरकार समक्ष (केन्द्रीय स्तरमा) माग गर्ने निर्णय गरियो ।

१.    नदी नियन्त्रण - रतुवा र मावा नदी
२.    दमक चक्रपथ निर्माण
३.    दमक रवि चिसापानी सडक निर्माण
४.    ल्याण्ड पिल्ड निर्माण
५.    बसपार्क निर्माण
६.    शान्ती बाल उान निर्माण, दमक १५
७.    शहीद स्मृति वन वाटिका निर्माण, दमक ५
८.    हिमावि आमचौक मावा सडक कालोपत्र, दमक
९.    कृष्णमन्दिर बेलडागी सडक कालोपत्र, दमक
१०.    हाईवे सेतुमारी सडक कालोपत्र निर्माण
११.    दमक तारावारी डिपु सडक कालोपत्र निर्माण
१२.    रतुवा नदीमा दाह संस्कारका लागि घाट निर्माण, दमक
१३.    आदीवासी रंगशाला निर्माण, लखनपुर
१४.    आदिवासी जनजाति भवन र संग्रालय, दमक
१५.    दमक शहरी सडक कालोपत्र निर्माण
१६.    दमक नगरको बिभिन्न ५ स्थानमा अग्नी नियन्त्रण पोखरी निर्माण
१७.    हवाई मैदान निर्माण - पाथिभरा गण पूर्व
१८.    औधोगिक कोरीडोर निर्माण - दमक पूर्व माई पश्चिम
१९.    चियादोकान जहदा (खरखरे जहदा) सडक कालोपत्र निर्माण
२०.    बाह्रघरे खानेपानी तथा सरसफाई आयोजना
२१.    दमक चौकमा आकाशे पुल निर्माण

निर्णय नं. २६
यस नगरपालिकाकामा रहेको दमक उपस्वास्थ्य चौकीको स्तरोन्नती गरी जिल्ला अस्पताल वनाउन नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. २७
यस नगरपालिकाका क्षेत्रका केही वडाहरूमा बिुतिकरण गर्न बाकी रहेकोले बिुतीकरण गरिदिन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. २८
यस नगरपालिकाको सववाहन चालक र सेफ्टीटंकी सवारी चालकलाई प्रति टि्रपको दरले रू.५०/- (पचास) र सेफ्टीटंकी सवारीमा कार्यरत कुचिकार प्रति व्यत्ति रू.५०/- का दरले टि्रप एलाउन्स वापतको रकम उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. २९
यस नगरपालिकाकाका क्षेत्र भित्र गाडिएका बिुत र टेलिफोन पोल र ट्रान्सफरमर/च्याम्वर राखे वापतको कर बिुत प्राधिकरण र नेपाल टेलिकमसँग लिने निर्णय गरियो ।

निर्णय नं. ३०
    यस दमक नगरपालिकाबाट संचालन गरिने योजना तथा कार्यक्रमहरूको वातावरणीय प्रभाव मुल्यांकन गर्न गराउन नगरपालिकावोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ३१
    यस नगरपालिकावाट समयानुकुल क्षमता बिकास योजना तयार गरी कार्यान्वयनमा ल्याउन नगरपालिका वोर्ड बैठकलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ३२
    यस नगरपालिकामा हाल कार्यान्वयनमा रहेका निम्न निर्देशिकाहरूलाई समयानुकुल संशोधन एवं परिमार्जन गर्न आवश्यक भए परिमार्जन एवं संशोधन गर्न नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।
@    नगरपालिका साझेदारी बिकास कोष संचालन निर्देशिका, २०६०
@    नगर सूचना केन्द्र संचालन निर्देशिका, २०६०
@    मानव संशाधन बिकास केन्द्र संचालन निर्देशिका, २०६०
@    एकीकृत सम्पत्ति कर बिनियमावली, २०६२
@    टोल बिकास संस्था समन्वय समिति संचालन निर्देशिका, २०६६
@    टोल बिकास संस्था संचालन सम्वन्धि निर्देशिका, २०६६
@    वातावरण उपसमितिको संचालन तथा व्यवस्थापन सम्वन्धि निर्देशिका, २०६६
@    प्रकोप व्यवस्थापन कार्ययोजना, २०६६
@    एकीकृत सम्पत्तिकर मूल्यांकन कार्यविधि निर्देशिका, २०६६
@    राजश्व संकलन निर्देशिका, २०६६
@    क्षमता बिकास योजना, २०६६
@    योजना संचालन निर्देशिका, २०६६
@    कर्मचारी प्रशासन विनियमाली, २०६९
@    नगर एड्स समन्वय समिति संचालन निर्देशिका, २०६९
@    भवन निर्माण निर्देशिका, २०६९
@    कर्मचारी कल्याण कोष निर्देशिका, २०६९
@    नक्सापास सम्वन्धि नीति, २०६८
@    राष्ट्रिय भवन निर्माण सिंहता, २०६०
@    योजना तथा भवन मापदण्ड, २०६९

निर्णय नं. ३३
नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई प्रति व्यत्ति रू.७५००/- का दरले पोशाक खर्च उपलब्ध गराई पोशाकको नियमितता नगरे हाजिरी समेतमा रोक लगाउन सक्ने समेत निर्णय गरियो ।

निर्णय नं. ३४
यस नगरपालिका क्षेत्रमा बढ्दो शहरीकरण र बढ्दो जनघनत्वको कारणले गर्दा फोहोरको परिमाण समेत अत्याधिक बढीरहेको र हालको नगरपालिकाको मौजुद साधन श्रोतबाट मात्र नगरको फोहोर व्यवस्थापन कार्य गर्न सम्भव नहुने तथा प्रभावकारी समेत नहुने कुरालाई मध्यनजर गर्दै फोहोर व्यवस्थापन कार्यमा नीजि क्षेत्रलाई समेत सहभागी गराई सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार बजारक्षेत्रवाट दैनिक उत्पादन हुने फोहोरलाई श्रोतमा नै वर्गीकरण गरी त्यसलाई श्रोतको रूपमा परिचालन गर्न आवश्यक कार्यक्रम संचालन गर्ने र व्यवस्थापकीय कार्यको जिम्मेवारी दिने समेतको कार्य गर्न गराउन नगरपालिका वोर्डलाई अधिकार प्रत्योजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ३५
    नगरस्तरिय राजश्व परामर्श समितिले गरेको निर्णयहरू संशोधन तथा थपघट सह्ति अनुमोदन गरी लागू गर्ने निर्णय गरियो ।

निर्णय नं. ३६
नगरपालिकामा दर्ता भई नियमानुसार संचालन भई रहेका टोल विकास संस्थाहरूको संस्थागत विकासमा समेत टेवा पुगोस भन्ने उदेश्यले यस बर्ष देखि सम्वन्धित सवै टोलवासीहरूको बसोवासको सिफारिस, बसाइसराई, नाताप्रमाणित, सम्वन्धित टोल क्षेत्रमा नगरपालिकाले गर्ने ब्यात्तिगत तथा सार्वजनिक महत्वका स्थलगत सर्जमिनिहरूमा समेत टोल विकास संस्थाका अध्यक्षले संस्थागत सिफारिस तथा रोहवरमा भइ आउने नीति लागु गर्ने निर्णय गरियो ।

निर्णय नं. ३७
टोल विकास संस्थाहरूको बचत दिनप्रति दिन बढ्दै गएको र बचत र परिचालन लाई अझ बढि ब्यवस्थित गर्न आवश्यक भएको सन्दर्भमा यस बर्ष प्रत्येक वार्डमा एक जना टोल लेखापरिक्षक स्वयमसेवक छनौट गरि सम्वन्धीत वार्डको टोलहरूको बचत र परिचालन लाई टोल संस्थाहरूको सहयोगमा ब्यवस्थ्िात गर्ने निति लिइने निर्णय गरियो ।

निर्णय नं. ३८
    नगर स्तरिय राजश्व परामर्शले सिफारिस गरे अनुसार यस नगरपालिकाका निम्नानुसारका कर दस्तुरहरू परिवर्तन गरी देहाय अनुसार संशोधन तथा थप कर दस्तुर कायम गर्ने निर्णय गरियो ।
क) नक्सापास दस्तुर 
-    शहरी क्षेत्रका आरसिसि पक्की घरहरूमा रू.७/- प्रति स्क्वाएर पिट
-    शहरी क्षेत्रका पक्की गाह्रो टिनको छाना भएको घरमा रू.४/- प्रति स्क्वाएर पिट
-    शहरी क्षेत्र भित्र कम्पाउण्डवाल निर्माण रू.३/५० प्रति रनिङ पिट
-    शहरी क्षेत्र भित्र काठको सेन्टर वेरा भएको भवनलाई रू.२/५० प्रति स्क्वाएर पिट
-    ग्रामिण क्षेत्रका आरसिसि पक्की घरहरूमा रू.४/- प्रति स्क्वाएर पिट
-    ग्रामिण क्षेत्रका पक्की गाह्रो टिनको छाना भएको घरमा रू.३/- प्रति स्क्वाएर पिट
-    ग्रामिण क्षेत्रका कम्पाउण्डवाल निर्माण रू.२/- प्रति रनिङ पिट
-    ग्रामिण क्षेत्रका काठको सेन्टर वेरा भएको भवनलाई रू.२/- प्रति स्क्वाएर पिट
-    माथि उल्लेखित क्षेत्र भित्र कृषि प्रयोजनका लागि निर्मित भवन/सेड/कम्पाउण्डहरूमा उल्लेखित दररेटको ५० प्रतिशत कम दरमा नक्सापास दस्तुर लिई कृषि कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
ख) मर्मत संभार सेवा शुल्क -  एकीकृत सम्पत्ति करको १० प्रतिशतले हुने रकम
ग) घर नम्वर सेवा शुल्क (नम्वर प्लेट) - रू.३००/-

निर्णय नं. ३९
यस नगरपालिकालाई खुल्ला दिशामुक्त नगर घोषणा गरी सो अनुरूप आवश्यक कार्यक्रमहरू क्रमशः कार्यान्वयन गर्न नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४०
    दमक नगरपालिकावाट संचालन हुने सबै किसिमका विकास कार्यक्रमहरूको लागत सहभागिता प्रतिशत निर्धारण वडा नं. १, १०, ११, १२, १३ र १४ को हकमा स्थानीय उपभोक्तावाट ५० प्रतिशत र अन्य बाँकी वडाहरूको हकमा कम्तीमा २५ प्रतिशत लागत सहभागिता जुटाई आयोजना संचालन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४१ 
यस दमक नगरपालिकाबाट आ.व. २०७१/०७२ मा संचालन गरिने कार्यक्रमको बार्षिक खरिद योजना तथा खरिदको गुरू योजना समेत स्विकृत गरी कार्यान्वयन गर्न नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४२ 
यस दमक नगरपालिकामा गत आर्थिक बर्ष देखि संचालन भएको शहरी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरियो ।

निर्णय नं. ४३
    नगरपालिका क्षेत्र भित्र संचालन गरिने बिभिन्न कार्यक्रमहरूका लागि आवश्यक उपसमिति गठन गर्ने अधिकार नगरपालिका बोर्डलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४४
    दमक नगरपालिकाको बजार क्षेत्रवाट दैनिक उत्पादित फोहोर व्यवस्थापनका लागि स्यानीटरी ल्याण्डपिल्ड साईटको अभावले फोहोर व्यवस्थापन गर्न समस्या भईरहेको हुँदा व्यवस्थित ल्याण्डपिल्ड साईट निर्माणका लागि आवश्यक जग्गा खोजी गरी त्यसको आई.ई.ई. तथा ई.आई.ए. समेतको कार्य गर्न गराउन नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४५
    दमक नगरपालिकको मे १ क १३ नम्वर सवारी जीर्ण भई प्रयोगमा आउन नसक्ने देखिएको र जिन्सी निरिक्षण प्रतिवेदनमा समेत सो सवारी लिलाम बिक्री गर्न प्रतिवेदन प्राप्त भए अनुसार नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४६
    नगरपालिकाका सवारी साधनहरूको तेश्रो पक्ष वीमा हालसम्म नगरिएको हुँदा मिति २०७०/१०/०१ बाटै सवारी साधनहरूको तेश्रो पक्ष वीमा गर्ने निर्णय गरियो ।

निर्णय नं. ४७
    हिमावि ढुकुरपानी सडक निर्माण उपभोक्ता समिति दमक २ लाई सो सडक खण्डमा संचालन हुने सवारी साधनहरूमा मर्मत संभार शुल्क उठाउन प्रदान गरिएको अनुमतिलाई अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४८
    लक्ष्क्षित वर्गका कार्यक्रमहरूमा भौतिक पूर्वाधार बिकास तर्फको बिनियोजित रकमहरूमा कम्तीमा २०% लागत सहभागिता सहित नगरपालिकावाट स्वीकृत योजनाहरू सम्झौता गरी कार्यान्वयन गरिने छ ।

निर्णय नं. ४९
    आयोजना व्यवस्थापन खर्चका लागि निर्माण गरिने योजनाहरूमा ५०% लागत सहभागितामा सम्झौता हुने योजनाहरूमा २.५%, ३०%, सम्मको लागत सहभागितामा ३% र अन्य योजनाहरूको हकमा ५% का दरले मिति २०७०/१०/०१ गते देखि लागू हुने गरी आयोजना व्यवस्थापन सेवा खर्च कट्टा गरी रहने रकम स्वीकृत योजनाको लागि नियमानुसार निकासा गर्ने निर्णय गरियो ।

निर्णय नं. ५०
    मुख्य बजार क्षेत्र र नगरपालिकाले अत्यावश्यक ठानेको क्षेत्र बाहेक सडक बत्ति व्यवस्थापनका लागि माग भई आएमा बिुत पोल देखि मिटर जडान गरिएको ठाँउसम्म हुने खर्च र प्राविधिक सेवा मात्र यस नगरपालिकावाट उपलब्ध गराईने छ अन्य खर्च सम्वन्धित उपभोक्ताले खर्च गर्नु पर्ने नीति अवलम्वन गर्ने निर्णय गरियो ।

निर्णय नं. ५१
    यस नगरपालिकामा भंवन सहिता लागू भैसकेकोमा सो सम्वन्धिको प्रशासनिक प्रत्रिया समयमै पुरा गरी कार्यान्वयन गर्नु पर्ने भएकाले सो शाखाका प्रशासनिक प्रमुखलाई अतिरित्त कार्यवोझ समेत पर्ने भएको हुदा मासिक रू.२०००/- दुई हजार उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. ५२
    दमक नगरपालिकाको पदपूर्ति समितिका अध्यक्षको पदावधि समाप्त हुन लागेकाले आगामी ५ बर्षका लागि पदपूर्ति समितिको अध्यक्ष तोक्ने अधिकार नगरपालिका वोर्डलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।
निर्णय नं. ५३
    दमक नगरपालिकाको पदपूर्ति समितिकोे प्रतिवेदनलाई आजको परिषदवाट पारित गरी प्रतिवेदनमा उल्लेखित सुझावहरूलाई क्रमशः कार्यान्वयनमा लैजान नगरपालिका वोर्ड बैठकलाई अधिकार प्रदान गर्ने निर्णय गरियो ।

निर्णय नं. ५४
    नगरपालिका क्षेत्र भित्र स्थायी एवं अस्थायी संरचनाहरू निर्माण पूर्व नगरपालिकाको पूर्व स्वीकृति लिनु पर्नेमा नलिई निर्माण भएका संरचनाहरूलाई पूनः प्रत्रियामा आएमा लाग्ने शुल्कमा शत प्रतिशत थप दस्तुर सहित नियमानुसारको जरिवाना लिई प्रत्रिया अगाडी बढाईने निर्णय गरियो ।

निर्णय नं. ५५
    नगरपालिका क्षेत्रमा लागू गरिएको घर नम्वरिङ - मेटि्रक्स प्रणालीलाई कार्यान्वयनमा ल्याउनका लागि नगरपालिका वोर्ड बैठकलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ५६
    नगरपालिकाको स्वामित्वमा रहेका बिभिन्न पसलकवलहरूको बिुत बक्यौता भुक्तानीलाई समेत व्यवस्थित गर्न नेपाल बिुत प्राधिकरणले तोकेको न्यूनतम प्रतियूनिट दरमा रू.१/- व्यवस्थापन खर्च थप गरी संकलन गर्ने निर्णय गरियो ।

निर्णय नं. ५७
    बढ्दो शहरीकरण सँगै बिस्तारित पूर्वाधारहरू मध्ये उपभोक्ता समिति मार्फत निर्मित सडकहरूको गुणस्तर सुधार गर्न प्राविधिक निरिक्षण एवं रेखदेखलाई थप प्रभावकारी बनाई सडक मर्मत सुधार कोषमा सडक कालोपत्र र सडक ग्राभेल गर्दाको लागत ईस्टिमेटमा नगरपालिकावाट १.२५% र उपभोक्तावाट १.२५% प्रतिशत रकम समावेश गरी योजना सम्पन्न हुने समयमा नै उक्त सडकको कुल लागतको २.५% ले हुन आउने रकम मर्मत संभार कोषमा जम्मा गर्ने कार्यविधि संशोधन गरी २०७० माघ १ गते देखि कार्यान्वयनमा ल्याउने निर्णय गरियो ।

निर्णय नं. ५८
    नगरपालिका कार्यालय परिषरको पूर्व दक्ष्क्षिण दुर संचार जाने बाटोमा पर्ने जग्गामा व्यापारिक भवन निर्माण गरी नगरपालिकालाई दिगो आम्दानीको श्रोत बनाउने उद्देश्यका साथ उक्त सडकको नगरपालिका तर्फको भागमा पक्की नाला र पसलकवल निर्माणका लागि सहुलियत पूर्ण ण/अनुदान रकम उपलब्ध गराई कार्यान्वयनमा लैजानका लागि नगर बिकास कोष काठमाण्डौलाई अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. ५९
    लक्ष्क्षित वर्गका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक पर्ने नीति एवं कार्यविधिहरू तर्जुमा गरी लागू गर्ने अधिकार नगरपालिका वोर्ड बैठकलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ६०
    आ.व. २०६९/०७० मा सम्पन्न भएका योजनाहरूको नगरपालिकावाट भएको जाँचपास तथा फरफारक निर्णयहरूलाई अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं. ६१
    यस नगरपालिकामा बिभिन्न श्रोतवाट रकम प्राप्त भई आयोजना कार्यक्रमहरू संचालन गर्नु पर्ने अवस्था भएका उक्त आयोजना कार्यक्रम छनौट गरी कार्यान्वयन गर्न नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।
निर्णय नं. ६२
    नगर क्षेत्र भित्र निर्मित भौतिक संरचनाहरूको मर्मत संभारको दीगो विकासका लागि आ.व. २०७१/०७२ वाट मर्मत संभार गरिने आयोजनाहरूमा उपभोक्ताहरूको लागत सहभागिता नउठाउने गरी नगरपालिकाको तर्फवाट मर्मत संभार गर्न करदाताहरूले बुझाउने एकीकृत सम्पत्ति करको १० प्रतिशतका दरले हुने रकम मर्मत संभार शुल्क वापत संकलन गर्ने निर्णय गरियो ।

निर्णय नं. ६३
    दमक नगरपालिकाको वडा नं. ५ र १९ मा रहेका सामुदायिक स्वास्थ्य केन्द्रको जग्गा तथा भौतिक संरचना नगरपालिकालाई हस्तान्तरण भई आईसकेको हुदा तहाँको कर्मचारी लगायत अन्य व्यवस्थापकिय कार्य संचालन गर्न र आवश्यक निर्णय लिन नगरपालिका वोर्डलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ६४
    चालु बर्षको बजेट कार्यक्रममा लक्ष्क्षित कार्यक्रम अन्तर्गतका कार्यक्रमहरू वडा स्तरमा संचालन गर्न वडा सचिवको सिफारिस समेतलाई ध्यान दिई गर्ने निर्णय गरियो ।

निर्णय नं. ६५
    यस नगरपालिका कार्यालयको पदपूर्ति समितिको मिति २०६७/०९/२९ गतेको निर्णय सिफारिसवाट बढुवा भएका कर्मचारीहरू सहायक स्तर पाँचौ तहका सव-ईन्जिनियर श्री तीर्थ नारायण श्रेष्ठ, सहायक स्तर पाँचौ तहका ना.सु. श्री महेन्द्र ब. बस्नेत, सहायक स्तर चौथो तहका खरिदार श्री शालिकराम भट्टराई, सहायक स्तर चौथो तहका खरिदार श्री डम्वरराज बराल, सहायक स्तर चौथो तहका अमिन श्री षिराम घिमिरे, सहायक स्तर चौथो तहका खरिदार श्री मूना दर्नाल, सहायक स्तर चौथो तहका खरिदार श्री अञ्जु पौडेल लाई बढुवा गरिएको पद क्रमशः अधिकृत स्तर छैठौ तह - ईन्जिनियर, अधिकृत स्तर छैठौ तह - शाखा अधिकृत, सहायक स्तर पाँचौ तह - लेखापाल, सहायक स्तर पाँचौ तह - ना.सु., सहायक स्तर पाँचौ तह - सर्वेक्षक, सहायक स्तर पाँचौ तह - ना.सु., पदमा स्वीकृत मौजुदा संगठन संरचना बमोजिमका पदस्थापन गरिएका पदहरू अनुमोदन गर्ने र समायोजन गर्ने निर्णय गरियो ।

                                                                                                                                            समाप्त